शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

बिहीबार, ०७ जेठ २०८३, १८ : ३४
बिहीबार, ०७ जेठ २०८३

सुर्खेत । दैलेखको छामघाट खोलामा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा भैरवी गाउँपालिका–३ का १६ वर्षीय निम बहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी सन्तोष रोकायाले रातोपाटीलाई बताए।

‘आज दिउँसोको घटना हो, पौडी खेल्ने क्रममा डुबेको भन्ने कुरा आएको छ,’ उनले भने, ‘प्रहरी टोली घटनास्थलतर्फ गएको छ, बाँकी मुचुल्काबाट खुल्ला।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप