बहानाबाजी छोडेर काममा लाग्न निर्माण व्यवसायीलाई सांसद भुसालको आग्रह
शुक्रबार, ०८ जेठ २०८३, ११ : ०८
सारांश
- सांसद मञ्जु भुसालले निर्माण व्यवसायीले काममा ढिलासुस्ती गर्ने र बहाना बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएकी छिन् ।
- उनले असारमा म्याद सकिने धेरै आयोजनाहरू भएकाले ती काम समयमै सक्न निर्माण व्यवसायीलाई आग्रह गरिन् ।
- सांसद भुसालले देशभरका हजारौँ आयोजना सम्पन्न गर्न व्यवसायी र सरकार दुवै उत्तिकै जिम्मेवार हुनुपर्ने उल्लेख गरिन् ।
काठमाडौँ । सांसद मञ्जु भुसालले निर्माण व्यवसायीले काममा ढिलासुस्ती गर्ने र बहाना बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएकी छिन् । पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले असारमा धेरै आयोजनाहरूको म्याद सकिने भएकाले ती काम समयमै सक्न आग्रह गरिन् ।
‘असारमा म्याद सकिने धेरै आयोजनाहरू छन्, यो ठुलो चुनौती हो,’ उनले भनिन् । मन्त्रीले प्रतिबद्धता जनाइसकेको अवस्थामा अब व्यवसायीहरू बहाना नगरी काममा लाग्नुपर्ने उनको भनाइ थियो ।
देशभरका हजारौँ आयोजना सम्पन्न गर्न व्यवसायी र सरकार दुवै उत्तिकै जिम्मेवार हुनुपर्ने उनले उल्लेख गरिन् । निर्माण क्षेत्रमा बहाना गर्ने ट्रेन्ड बसेको भन्दै उनले त्यसलाई रोक्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
-
रास्वपा रुकुम पश्चिमकाे सभापतिमा खड्का निर्वाचित
-
‘हिमतालको कारण गाउँ नै सार्नुपर्ने स्थिति छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण