उद्योगमन्त्रीद्वारा इथानोल उत्पादनमा जोड दिन निजी क्षेत्रलाई आग्रह
बारा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मधेस प्रदेश प्रादेशिक कार्यालयको विशेष निरीक्षण गरेकी छन् ।
शनिबार निरीक्षणका क्रममा नेपाल आयल निगमका निमित निर्देशक नागेन्द्र शाहसहितको उच्च टोलीले मन्त्री यादवलाई निगमको हालको अवस्था, भण्डारण क्षमता र आपूर्ति व्यवस्थाबारे विस्तृत जानकारी गराएको थियो।
अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएको परिस्थितिबिच भएको यस निरीक्षणका क्रममा मन्त्री यादवले मूल्य वृद्धिको असर कम गर्न इथानोल उत्पादनमा जोड दिइन् । साथै अन्य वैकल्पिक उपायहरू खोज्नुपर्ने पनि बताइन् ।
यसअघि उद्योगमन्त्री यादवले हेटौँडास्थित कपडा उद्योग पनि अनुगमन गरेकी थिइन् । निरीक्षणका क्रममा मन्त्री यादवले उद्योगको वर्तमान अवस्था, मेसिनरीहरूको स्थिति र पुनः सञ्चालनका सम्भावनाबारे विस्तृत जानकारी लिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण