ब्राउन सुगरसहित एक युवक पक्राउ
सोमबार, ११ जेठ २०८३, १५ : ०७
सारांश
- प्रहरीले पर्साको पोखरिया नगरपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
- पोखरिया नगरपालिका वडा नं. ९ बाट स्थानीय २० वर्षीय विशाल राउत कम्करलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
- कमकरको साथबाट ५.५ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको छ।
पर्सा । पर्साको पोखरिया नगरपालिकाबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले पोखरिया नगरपालिका वडा नं. ९ बाट स्थानीय २० वर्षीय विशाल राउत कम्करलाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमा गएराति करिब ११:३० बजेको समयमा खटिएको प्रहरी टोलीले कमकरलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गरेको थियो। सो क्रममा उनको साथबाट ५.५ ग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।
बिजुली राउत कमकरका छोरा विशाललाई लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि कार्यालयमा राखिएको प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए । प्रहरीले यस सम्बन्धमा थप कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण