शुक्रबार देशभरका भन्सारमा जाँचपास बन्द हुने
सारांश
- आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुने दिन जेठ १५ गते शुक्रबार देशभरका भन्सार कार्यालयहरूमा यात्रु जाँचपास बाहेकका अन्य व्यापारिक मालवस्तुको जाँचपास बन्द रहनेछ ।
- जेठ १४ गतेसम्म दर्ता भएका प्रज्ञापनपत्रहरू सोही दिनभित्रै जाँचपास गरिसक्नुपर्नेछ, अन्यथा नयाँ बजेटले तोकेको कर लागू हुनेछ ।
- जेठ १६ गते शनिबारबाट भन्सार जाँचपास पुनः सुरु गर्दा आर्थिक विधेयक २०८३ का परिवर्तनहरू प्रणालीमा अद्यावधिक भएपछि मात्र गरिनेछ ।
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुने दिन (जेठ १५ गते शुक्रबार) देशभरका भन्सार कार्यालयहरूमा जाँचपासको कार्य बन्द रहने भएको छ । भन्सार विभागले एक सर्कुलर जारी गर्दै मातहतका सबै भन्सार कार्यालयहरूलाई शुक्रबार यात्रु जाँचपास बाहेकका अन्य व्यापारिक मालवस्तुको जाँचपास रोक्न निर्देशन दिएको हो ।
अर्थमन्त्रीले सङ्घीय संसदमा आगामी आर्थिक वर्षको वार्षिक आय र व्ययको विवरण (बजेट) प्रस्तुत गर्ने दिन करका दरहरूमा हेरफेर हुने भएकाले विभागले यस्तो सर्कुलर गरेको हो ।
विभागका अनुसार जेठ १४ गते आजसम्म दर्ता भएका प्रज्ञापनपत्रहरू सोही दिनभित्रै जाँचपास गरिसक्नुपर्नेछ । यदि बिहीबारसम्म प्रज्ञापनपत्र दर्ता भएर पनि जाँचपास हुन बाँकी रहेमा ती वस्तुहरूमा नयाँ बजेट (आर्थिक विधेयक २०८३) ले तोकेको नयाँ करको दर लागू हुनेछ ।
जेठ १६ गते शनिबारबाट भन्सार जाँचपास पुनः सुरु गर्दा आर्थिक विधेयक २०८३ मार्फत भएका परिवर्तनहरू भन्सारको आसिकुडा प्रणालीमा अद्यावधिक भए/नभएको यकिन गरेर मात्र जाँचपास गर्न विभागले निर्देशन दिएको छ ।
जेठ १४ गते वा सोभन्दा अगाडि प्रज्ञापनपत्र दर्ता भएका तर जाँचपास हुन बाँकी रहेका वस्तुहरूको हकमा नयाँ बजेटले महसुल दर परिवर्तन गरेमा सोही परिवर्तित दरअनुसार नै महसुल असुली गरेर मात्र जाँचपास गर्नुपर्ने विभागको सर्कुलरमा उल्लेख छ ।
बजेट भाषणका क्रममा सरकारले भन्सार महसुल, अन्तःशुल्क र अन्य करका दरहरूमा परिवर्तन गर्ने भएकाले प्रणालीलाई नयाँ व्यवस्था अनुसार समायोजन गर्न बजेटको दिन भन्सार जाँचपास रोक्ने गरिन्छ ।
यद्यपि, विमानस्थल तथा सीमा नाकाहरूमा यात्रुहरूको आउजाउ र उनीहरूको व्यक्तिगत जाँचपासमा भने कुनै अवरोध नहुने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण