डीसीले सार्वजनिक गरे शङ्कर पाण्डेको गीत ‘मेरो आफ्नै संसार’
सारांश
- शङ्कर पाण्डे 'मुक्ति' द्वारा ल्याइएको नयाँ गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक भएको छ ।
- गीतले जीवन, परिवार, सम्बन्ध र आफ्नोपनको भावलाई संवेदनशील ढङ्गले प्रस्तुत गरेको छ ।
- गीतको आम्दानीको केही हिस्सा समाजसेवामा खर्च गरिने घोषणा गरिएको छ ।
काठमाडौँ । नेपाली साङ्गीतिक क्षेत्रमा नयाँ भाव र सामाजिक सन्देश बोकेको गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक भएको छ । शङ्कर पाण्डे ‘मुक्ति’ ले ल्याएको गीत बिहीबार मानव सेवा आश्रममा आयोजित एक विशेष समारोहबिच चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, कलाकार सङ्घका अध्यक्ष उत्तम केसी लगायतले सार्वजनिक गरेका हुन् ।
गीतले जीवन, परिवार, सम्बन्ध र आफ्नोपनको भावलाई संवेदनशील ढङ्गले प्रस्तुत गरेको छ । गीतमा शब्द स्वयं मुक्ति र स्वर गायक प्रमोद खरेलको छ । सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतको भिडियो निर्देशक माधवराज खरेलले गरेका हुन् ।
भिडियोले पारिवारिक सम्बन्ध, सङ्घर्ष र जीवनका विभिन्न आयामलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको छ । भिडियोमा कलाकारहरू दीपेन्द्र सोनम, समिया कार्की, ज्योत्स्ना घिमिरे, रश्मि भट्ट, वसन्तराज रिजाल लगायतको अभिनय छ । साथै बाल कलाकार आयुश पाण्डे, मिरु पराजुली, समझ पाण्डे, अमानी पाण्डे र आर्जन पाण्डेको अभिनय छ ।
भिडियोको छायाङ्कन अजय रेग्मी र सम्पादन विनोद बमले गरेका हुन् । कार्यक्रममा ">शङ्कर पाण्डेले गीत केवल मनोरञ्जनका लागि मात्र नभई समाज प्रतिको उत्तरदायित्व बोधका साथ तयार गरिएको बताए ।
उनले भिडियोबाट प्राप्त आम्दानीको केही हिस्सा समाजसेवामा खर्च गरिने घोषणा गर्दै कला र मानवीय सेवा बिचको सम्बन्धलाई अझ मजबुत बनाउन चाहेको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण