सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष नै रास्वपा प्रवेश

शुक्रबार, १५ जेठ २०८३, ०८ : ३६
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • नेपाली कांग्रेसबाट निर्वाचित जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।
  • २०७९ सालमा कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका बुढाले यसअघि नै रास्वपा प्रवेश गर्ने हल्ला चलेपछि कांग्रेस जुम्लाले स्पष्टीकरण सोधेको थियो ।
  • बुढाले आफ्नो साथमा एक जना स्वतन्त्र निर्वाचित वडा अध्यक्षलाई समेत रास्वपा प्रवेश गराएका छन् ।

सुर्खेत । नेपाली कांग्रेसबाट निर्वाचित जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।  बिहीबार एक कार्यक्रमका बीच उनले रास्वपा प्रवेश गरेको घोषणा गरेका हुन्‌।

उनी २०७९ सालमा कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । यसअघि नै उनी रास्वपा प्रवेश गर्ने हल्ला चलेको भन्दै कांग्रेस जुम्लाले उनलाई स्पष्टीकरण समेत सोधेको थियो । नभन्दै बुढा बिहीबार कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरे ।

उनले आफ्नो साथमा एक जना स्वतन्त्र निर्वाचित वडा अध्यक्षलाई समेत साथमा लिएको बताइएको छ । ‎स्रोतका‌ अनुसार, आगामी निर्वाचनमा रास्वपाबाट पुन: गाउँपालिका अध्यक्ष लड्ने तयारीसहित उनी रास्वपा प्रवेश गरेका हुन् ।

‎'अब कांग्रेसले चुनाव जित्ने अवस्था रहँदैन, अब जनताले रास्वपालाई रोज्ने देखेपछि उहाँ उतै जानुभयो' स्रोत भन्छ, 'उहाँको बार्गेनिङ चलिरहेको थियो, कुरा मिलेपछि प्रवेश गर्नुभयो होला ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप