अपडेट
मन्दिरमा आगो लगाउने घोषण गर्ने परियारविरुद्ध ४ दिन म्याद थप
शुक्रबार, १५ जेठ २०८३, १५ : ४४
सारांश
- जनक परियारलाई मठ, मन्दिरमा आगो लगाउने घोषणा गरेको आरोपमा ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
- रुकुम पश्चिमका जनक परियारलाई काठमाडौँ प्रहरीले धार्मिक भावनामा आघात पुर्याएको कसुरमा अनुसन्धान गरिरहेको छ ।
- परियारले समान अधिकार नभए देशभर विद्रोह गर्ने र मठ मन्दिरमा आगो लगाइदिने चेतावनी दिएका थिए ।
काठमाडौँ । मठ,मन्दिरमा आगो लगाउने घोषणा गरेका जनक परियारलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भएका परियारलाई अनुसन्धान गर्न ४ दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
शुक्रबार टोखाबाट पक्राउ परेका परियार विरुद्ध प्रहरीले धार्मिक भावनामा आघात पुर्याउनु नहुने कसुरमा अनुसन्धान गरिरहेको छ । २७ वर्षीय परियारले अनामनगरस्थित संवाद डबलीमा बोल्दै ‘मठ मन्दिरमा आगो लगाइदिन्छौँ’ भनेका थिए । उनले समान अधिकार नभएर देशभर विद्रोह गर्ने चेतावनी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण