शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

स्वास्थ्य सेवा केन्द्र सञ्चालनले नागरिकलाई सहज

शनिबार, १६ जेठ २०८३, ०५ : ३६
शनिबार, १६ जेठ २०८३

सारांश

  • भोजपुरको कोटमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनले स्थानीयलाई सहज भएको छ ।
  • प्रसूति सेवा सञ्चालनको तयारीले गर्भवतीलाई राहत मिल्नेछ ।
  • गाउँमै स्वास्थ्य सेवाले मातृ-शिशु मृत्युदर घटाउन मद्दत गर्नेछ ।

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ कोटमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको छ । यसअघि सामान्य उपचारका लागि समेत टाढा–टाढा धाउनुपर्ने बाध्यता थियो ।

वडाध्यक्ष सूर्यप्रसाद नेपालले नागरिकलाई उपलब्ध गराइने सेवाको दायरा थप विस्तार गर्ने उद्देश्यले प्रसूति केन्द्र सञ्चालनको तयारी गरिएको बताए । प्रशुति सेवा सञ्चालनमा आएपछि नागरिकलाई स्वास्थ्य सेवा लिन थप सहजता हुने उनको भनाइ छ ।

“चालु आर्थिक वर्षभित्रै प्रसूति सेवा सुरु गर्ने लक्ष्य राखेका छौँ,” वडाध्यक्ष नेपालले भने, “यसले विशेष गरी गर्भवतीलाई राहत पाइने छ ।”

भौगोलिक रूपमा विकट मानिने कोट क्षेत्रमा स्वास्थ्य भवन निर्माण गरी नियमित सेवा प्रवाह सुरु भएपछि स्थानीयमा उत्साह थपिएको छ । विगतमा सामान्य उपचारका लागि पनि बिरामीलाई स्टेचर वा डोकोमा बोकेर जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता थियो । अहिले गाउँमै उपचार सेवा उपलब्ध भएपछि त्यो समस्या हटेको छ ।

स्वास्थ्य सेवा केन्द्र सञ्चालनसँगै अब गाउँमै सुरक्षित मातृत्व, खोप सेवा, नियमित स्वास्थ्य परीक्षण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सहज भएको स्वाथ्य केन्द्रकी अनमी सम्झना खड्काले बताउनुभयो । यसले दीर्घकालीन रूपमा मातृ–शिशु मृत्यु दर कम गर्न, रोग नियन्त्रण तथा स्वस्थ समुदाय निर्माणमा मद्दत पुग्ने उनको भनाइ छ । स्थानीय प्रेमकुमारी श्रेष्ठले गाउँमै स्वास्थ्य सेवा पाउँदा दैनिक जीवन सहज बनेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप