शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

चापाकलमा करेन्ट लागेर महिलाको मृत्यु

शनिबार, १६ जेठ २०८३, २० : ५६
शनिबार, १६ जेठ २०८३

बरहथवा (सर्लाही) । चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा सर्लाहीमा एक महिलाको आज मृत्यु भएको छ ।

रामनगर गाउँपालिका–६, मलाहटोल बस्ने ५० वर्षकी मिथलेसिया देवीको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घर पछाडि रहेको चापाकलबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार मिथलेसिया देवीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो । शव रहेको घटनास्थलको मुचुल्कापछि परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप