आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

चीनविरुद्ध कुशल भुर्तेलले प्रहार गरे एकै ओभरमा ६ छक्का

आइतबार, १७ जेठ २०८३, ०८ : १९
आइतबार, १७ जेठ २०८३

सारांश

  • नेपाली क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेलले चीनविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।
  • एसियन गेम्स छनोटअन्तर्गत भुर्तेलले नवौँ ओभरमा ६ छक्का प्रहार गरेका हुन् ।
  • उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो खेलाडी हुन् भने विश्वकै छैटौँ खेलाडी समेत हुन् ।

काठमाडौँ । नेपाली क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेलले चीनविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।

एसियन गेम्स छनोटअन्तर्गत भुर्तेलले नवौँ ओभरमा ६ छक्का प्रहार गरेका हुन् । उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो खेलाडी हुन् भने विश्वकै छैटौँ खेलाडी समेत हुन् ।

यसअघि हर्षल गिब्स, युवराज सिंह, जसकरन मलहोत्रा, कायरन पोलार्ड र नेपालकै दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

ऐरीले सन् २०२४ को  एसीसी प्रिमियर कपमा कतारविरुद्ध २०औँ ओभरमा ६ छक्का प्रहार गरेका थिए । नेपाल र चीनबिच प्रतिस्पर्धा जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप