प्रधानमन्त्री संसद्मा उपस्थित हुनु सकारात्मक : सांसद केसी
सारांश
- कांग्रेस सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री संसदमा उपस्थित भई जवाफ दिन तयार हुनुलाई सकारात्मक भनेका छन् ।
- उनले नियमावलीको व्यवस्थालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
- सांसद केसीले सत्ताको स्वार्थमा कानुन नबनाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री संसद्मा उपस्थित हुनु र जवाफ दिन तयार हुनु सकारात्मक भएको बताएका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा नियमावली विपरीत प्रधानमन्त्री रोष्ट्रममा पुगेर सांसदहरूलाई प्रश्न गर्न भनेपछि केही सांसदले नियमापत्ति जनाएपछि सांसद केसीले यस्तो बताएका हुन् । साथै उनले नियमावलीको व्यवस्थालाई निरन्तरता दिनुपर्ने बताए।
‘प्रधानमन्त्री बडो नाटकीय ढङ्गले जवाफ दिन उपस्थित हुनुभएको छ । यो अन्य देशमा पनि प्रचलन छ । तर, नियमावलीअनुसारको प्रोसेसलाई निरन्तर दिनुपर्छ’, केसीले मानवअधिकार आयोगको प्रतिवेदनको प्रसङ्ग उठाउँदै भने– ‘कानुनी राज्यमा रुल अफ ल र रुल बाई ल पनि हुन्छ ।’
सत्ताको स्वार्थका अनुकूल हुनेगरी कानुन बनाउने देखिएको भन्दै लोकतान्त्रिक दायित्व नभुल्न प्रधानमन्त्रीलाई केसीले आग्रह गरे । जवाफमा प्रधानमन्त्री शाहले मानवअधिकार आयोगमात्र होइन सबै आयोगका प्रतिवेदन सरकारले अध्ययन गरेर कामकारबाही अघि बढाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण