आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

सुकुमबासी व्यवस्थापनबारे ३५ वर्षमा हुन नसकेको काम ३५ मिनेटमा नखोजौँ : प्रधानमन्त्री

आइतबार, १७ जेठ २०८३, १४ : ०८
आइतबार, १७ जेठ २०८३

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारका सुकुमबासीलाई अर्को स्थानमा सार्ने काम सरकारले गरेको बताएका छन् ।
  • उनले सुकुमबासी बस्तीबाट उठाएर होल्डिङमा राखिएकाहरूलाई जग्गाको व्यवस्थापन सरकारले गर्ने बताए ।
  • उनले व्यवस्थापनका लागि केही समय लाग्ने बताउँदै ३५ वर्षमा नभएको चिज ३५ मिनेटमा नखोज्न सांसदहरूलाई आग्रह गरे ।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोलाका किनारमा रहेका सुकुमबासीलाई अर्को स्थानमा सार्ने काम सरकारले गरेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले आफू स्थानीय सरकारमा रहेको बेलामा नै सङ्घ सरकारलाई भनेको स्मरण गरे । 

उनले सुकुमबासी बस्तीबाट उठाएर होल्डिङमा राखिएकाहरूलाई जग्गाको व्यवस्थापन सरकारले गर्ने बताए । त्यो आफू नेतृत्वको सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीको मान्यता रहेको बताए । 

उनले सुकुमबासी हटाउन काठमाडौँलाई सबैभन्दा पहिलो प्राथमिकतामा पारेको विषयमा स्पष्ट पार्दै प्रधानमन्त्री शाहले उनीहरूको जोखिममा रहेको ज्यान बचाउन भएको बताए । 

जग्गा उपलब्ध गराउने विषयमा ३ मन्त्रालयले काम गरिरहेका उनको भनाइ छ। उनले व्यवस्थापनका लागि केही समय लाग्ने बताए । ३५ वर्षमा नभएको चिज ३५ मिनेटमा नखोज्न पनि उनले सांसदहरूलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप