आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

फिल्म ‘रोल नं १’ हेरेका विद्यार्थीले के भने ?

आइतबार, १७ जेठ २०८३, १४ : ४०
आइतबार, १७ जेठ २०८३

सारांश

  • शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘रोल नं १’ विद्यार्थीले रुचाएका छन् ।
  • निर्माता विनोद पौडेलका अनुसार विद्यार्थीहरू चलचित्र हेरेर रुनुभएको छ र उनीहरूको अध्ययन गर्ने तरिका र लक्ष्य समेत क्लियर भएको छ ।
  • विद्यार्थीको मनोभावना र बाल मनोविज्ञानमा केन्द्रित रहेको यो चलचित्रले विद्यमान नेपाली शैक्षिक प्रणालीमाथि समेत प्रश्न गरेको छ ।

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘रोल नं १’ विद्यार्थीले  रुचाएका छन् । स्कुल पढ्ने विद्यार्थीको कथामा निर्माण भएको चलचित्र विद्यार्थीले रुचाएको निर्माण पक्षको जनाएको छ ।

‘हाम्रो चलचित्र ‘रोल नं १’ विद्यार्थीले मन पराइरहेका छन् । हामीले जुन उद्देश्यले यो चलचित्र निर्माण गरेको थियौँ, त्यो पूरा भयो’, निर्माता विनोद पौडेलले भने, ‘विद्यार्थीहरू चलचित्र हेरेर रुनुभएको  छ ।’ फिल्म हेरेर विद्यार्थीहरूले अध्ययन गर्ने तरिका र लक्ष्य समेत क्लियर भएको बताएको पौडेलको धारणा छ ।

निर्माता पौडेल कलाकारसहित प्रदर्शनको दिन देखिनै विभिन्न हल पुगेर फिल्म प्रतिक्रिया लिइरहेका छन् । प्रतिक्रियाका क्रममा दर्शकले फिल्म छोराछोरीलाई समेत देखाउनुपर्ने बनेको बताएको पौडेलको भनाइ छ । ‘हलमा फिल्म हेर्न विद्यार्थी, अभिभावक र शिक्षक शिक्षिका पनि देखिएका छन्’ पौडेलले थपे ।

विद्यार्थीको मनोभावना कसरी बुझ्ने र के पढाउने भन्ने विषयमा बनेको चलचित्रमा बाल मनोविज्ञानमा केन्द्रित रहेर बनेको हो । चलचित्रले विद्यामान नेपाली शैक्षिक प्रणालीमा समेत प्रश्न गरेको छ ।

जोन योञ्जनको निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणुनाथ योगी, एवनराज उप्रेती, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्माता छत्रमाया गिरी र रमेश चौलागाईं हुन् । चलचित्रमा बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप