धवलशमशेर राणाले छोडे राप्रपा, नयाँ ‘राष्ट्रवादी शक्ति’ निर्माणको आह्वान
सारांश
- डा. धवलशमशेर राणाले राप्रपा छोडेर नयाँ राष्ट्रवादी शक्ति निर्माणको घोषणा गरेका छन्।
- उनले राप्रपाको वर्तमान बाटो र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विगत चार वर्षदेखि पार्टीलाई जनभावना अनुकूल अघि बढाउन नसकेको उल्लेख गरेका छन्।
- उनले देशलाई माया गर्ने, समृद्धिको चाहना राख्ने राष्ट्रवादी र नवयुवा पुस्तालाई आफ्नो नयाँ अभियानमा सहभागी हुन आह्वान गरेका छन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवलशमशेर राणाले देशमा नयाँ र विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणका लागि नयाँ अभियानको घोषणा गरेका छन् । उनले राप्रपा छोडेर नयाँ शक्ति निर्माणका लागि लाग्ने बताएका हुन् । बिहीबार अपिल जारी गर्दै राणाले राप्रपाको वर्तमान बाटो र कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै नयाँ राजनीतिक यात्रा सुरु गर्ने उल्लेख गरेका छन् ।
विज्ञप्तिमा डा। राणाले विगत चार वर्षदेखि राप्रपालाई जनभावना अनुकूल अघि बढाउने प्रयास गरे तापनि पार्टी सफल हुन नसकेको उल्लेख गरेका छन् । उनले भने, ‘विरोधाभास र सैद्धान्तिक द्विविधाका बिच गलत बाटोमा हिँड्ने र हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भयो।’
उनले राप्रपाभित्रै रहेकाहरू कसैसँग व्यक्तिगत वैरभाव नरहेको समेत उल्लेख गरेका छन् । शुभचिन्तक र सहयात्रीहरूको सल्लाहबमोजिम आफूले आगामी बाटो तय गरेको उल्लेख गर्दै राणाले देश–विदेशमा रहेका नेपालीहरूबाट प्राप्त सुझावका आधारमा यो कदम चालेको उनको भनाइ छ ।
उनले देशलाई माया गर्ने, समृद्धिको चाहना राख्ने राष्ट्रवादी र नवयुवा पुस्तालाई आफ्नो नयाँ अभियानमा सहभागी हुन आह्वान समेत गरेका छन् ।
‘स्वच्छ मन र आत्मीय सम्बन्ध निर्माण गरेर हाम्रा मान्यताहरूलाई सही लक्ष्य दिन चाहने हो भने एकजुट भएर अघि बढ्न सबै राष्ट्रवादी मित्रहरूलाई आह्वान गर्दछु,’ उनले विज्ञप्तिमा लेखेका छन् ।
राप्रपाभित्र लामो समयदेखि वैचारिक स्पष्टता र नेतृत्वको विषयलाई लिएर असन्तुष्टि थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण