आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बागमती टी–२० क्रिकेट : चितवनसँग ५४ रनले हार्‍याे मकवानपुर

आइतबार, १७ जेठ २०८३, २१ : ००
आइतबार, १७ जेठ २०८३

मकवानपुर । बागमती प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगितामा चितवनले ५४ रनको जित निकालेको छ । हेटौँडाको गौरिटार क्रिकेट मैदानमा आइतबार भएकाे उद्घाटन खेलमा मकवानपुर ५४ रनले चितवनसँग पराजित भएको हो ।

बागमती प्रदेश खेलकुद विकास परिषद् र मकवानपुर क्रिकेट सङ्घको संयुक्त आयोजनामा हेटौँडा ६ स्थित गौरिटार क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको प्रतियोगितामा घरेलु टोली मकवानपुरलाई ५४ रनले हराउँदै चितवनले विजयी सुरुवात गरेको हो । टस जितेर पहिले ब्याटिङको गरेको चितवनले निर्धारित ८ ओभरको खेलमा ४ विकेटको क्षतिमा १०६ रन बनाएको थियो ।

चितवनको जितका लागि प्रतीक श्रेष्ठले सर्वाधिक ४४ र प्रशन्न न्यौपानेले २४ रन बनाए । यस्तै पवन बहादुर थापाले २० र गौतम केसीले १० रनको योगदान दिए । मकवानपुरका साकार गजुरेल, समिर चौलागाईँ, विशाल फुयाँल र शुभ कंशाकारले समान एक एक विकेट लिए ।

१०७ रनको लक्ष्य पछ्याउने क्रममा मकवानपुरले ५२ रन मात्रै बनाउन सक्यो । निकै फितलो खेल प्रदर्शन गरेको मकवानपुरका लागि गोकुल अधिकारी र युविन बुढाथोकीले बाहेक अरू खेलाडीले दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् । अधिकारीले १७ र बुढाथोकीले १३ रन बनाए पनि अन्य खेलाडीले प्रदर्शन कमजोर रह्यो ।

चितवनका लागि नकआउट ४४ रन बनाएर ३ विकेट लिएका प्रतीक श्रेष्ठ म्यान अफ दी म्याच भए । उनले नगद २ हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गरे । लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा नेपाल क्रिकेट सङ्घ (क्यान) बाट आधिकारिकता पाएका बागमती प्रदेशका ६ वटा जिल्लाहरू मकवानपुर, चितवन, नुवाकोट, ललितपुर, भक्तपुर र काठमाडौँको सहभागिता रहेको छ । प्रतियोगिता जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप