प्रधानमन्त्रीले प्रस्ट पार्नुपर्छ : खुश्वु ओली
सोमबार, १८ जेठ २०८३, १३ : ३०
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले प्रधानमन्त्रीले संसदमा नेपालले भारतको भूमि मिचेको छ भनी दिएको अभिव्यक्ति प्रस्ट पार्नुपर्ने बताएकी छन् ।
- उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति अत्यन्त गम्भीर रहेको र यसमा आफूहरूको ठुलो आपत्ति रहेको बताइन् ।
- सांसद ओलीले यस विषयमा प्रस्ट पार्नुपर्ने प्रतिपक्षको माग रहेको र सोही विषय सदनमा उठाउने जानकारी दिइन् ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले नेपालले भारतकाे भूमि मिचेको भनेर संसदमा दिएको अभिव्यक्ति प्रस्ट पार्नुपर्ने बताएकी छन् । सोमबार विपक्षी दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद ओलीले यस्तो बताएकी हुन् ।
‘प्रधानमन्त्रीले संसदमा नेपालले भारतको भूमि मिचेको छ भनेर दिएको अभिव्यक्तिमा ठुलो आपत्ति छ’, उनले भनिन्, ‘प्रधानमन्त्रीले संसदमा आएर नेपालले अर्को देशको भूमि मिचेको छ भन्नुभयो अत्यन्त गम्भीर छ ।’
उनले राप्रपाले यसबारे स्पष्ट पार्न भनेको भन्दै विपक्षी दलहरूको समेत यसमा एउटै धारणा बनेको बताइन् ।
‘प्रधानमन्त्रीले यसबारे प्रस्ट पार्नुपर्छ भन्ने प्रतिपक्षको माग छ, त्यही विषय सदनमा उठाउँछौ । उहाँ (प्रधानमन्त्री) ले प्रस्ट पार्नुपर्छ’, ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण