करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु
मङ्गलबार, १९ जेठ २०८३, १७ : २४
रौतहट । रौतहटको देवाही गुनाही नगरपालिका–४ नदीपारि टोलमा करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ ।
धारामा नुहाउने क्रममा मोटर जडान गरिएको मोटरबाट धारामा विद्युतीय करेन्ट प्रवाह हुँदा सोही टोलका बिजेन्द्र पटेलकी १२ वर्षीया छोरी वर्षाकुमारीको आज करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी पटेलको उपचारका लागि सुकदेव चोकस्थित नेपाल तराईसिटी अस्पताल लगिएको भए पनि चिकित्सकले जाँचपछि मृत घोषणा जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढइले जानकारी दिए ।
बालिकाको शुकदेव चोकबाट शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौर ल्याइएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक बढइले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
-
लिमी चौकीमा फर्किए सुरक्षाकर्मी
-
जेनजी आन्दोलनबारे मानव अधिकार आयोग: गोली संसद् भवनभित्रबाटै चल्यो, कसले चलायो थाहा छैन
-
औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
अहिलेकाे बजेट कुनै क्षेत्रमा फोकस छैन : वर्षमान पुन
-
द भ्वाइस अफ हिन्द रजाब : युद्धभूमिमा फुलेको एउटा फूल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण