कर्णालीको नीति तथा कार्यक्रम बुधबार प्रस्तुत हुँदै, घाइतेलाई ४ करोड ७४ लाख भन्दा बढी विशेष भत्ता
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । मंगलबार साँझ ६ बजे बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेश सभामा पेस गर्ने निर्णय गरेको हो।
बैठकको निर्णयअनुसार आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रदेश प्रमुखबाट जेठ २० गते बुधबार दिउँसो ३ बजे प्रदेश सभामा प्रस्तुत गरिनेछ। प्रदेश सरकारको आगामी वर्षको विकास प्राथमिकता, आर्थिक तथा सामाजिक रूपान्तरणका योजना र बजेटका आधारभूत दिशा नीति तथा कार्यक्रममा समेटिने अपेक्षा गरिएको छ।
त्यसैगरी, मन्त्रिपरिषद् बैठकले सशस्त्र सङ्घर्ष, जनआन्दोलन तथा प्रदेश प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई जीवन निर्वाह विशेष भत्ता वितरण गर्न ४ करोड ७४ लाख ७२ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ।
उक्त रकम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सम्बन्धित स्थानीय तहहरूलाई अख्तियारी प्रदान गरी वितरण गरिनेछ।
प्रदेश सरकारले एकातर्फ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत विकासको नयाँ मार्गचित्र सार्वजनिक गर्ने तयारी गरेको छ भने अर्कोतर्फ आन्दोलनका क्रममा घाइते भएका नागरिकहरूको सम्मान र जीवनयापनमा सहयोग पुर्याउने प्रतिबद्धतालाई पनि निरन्तरता दिएको छ । यी निर्णयहरूलाई कर्णालीको विकास र सामाजिक न्यायको दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढेको अण्डाको मूल्य आजदेखि लागू, कति पुग्यो प्रति क्रेट ?
-
न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
-
धुलिखेल खानेपानी आयोजना पुनः निर्माण
-
चरा संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा जोड
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एआई एक्स-रे’बाट क्षयरोग सङ्क्रमित खोज्दै तुलसीपुर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण