बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

होटलमा बिल नतिरी व्यवसायीलाई धम्क्याउने व्यक्ति पक्राउ

मङ्गलबार, १९ जेठ २०८३, २१ : २७
मङ्गलबार, १९ जेठ २०८३

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी क्षेत्रका विभिन्न होटल तथा बर्गर हाउसमा आफूले खाएकाे बिल रकम नतिरी व्यवसायीहरूलाई धाकधम्की दिँदै ठगी गर्ने प्रयास गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ओखलढुङ्गा, लिखु गाउँपालिका–७ स्थायी घर भई हाल काभ्रेपलाञ्चोकको बुडोलमा बसोबास गर्दै आएका ३८ वर्षीय कुलबहादुर बस्नेतलाई आइतबार मध्यपुर ठिमी नगरपालिका–१ स्थित मनोहरा पुल क्षेत्रबाट जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरी नायव उपरीक्षक(डीएसपी) प्रकाश जबेगुका अनुसार बस्नेतले मध्यपुर ठिमी क्षेत्रका विभिन्न होटल तथा बर्गर हाउसमा भोजन गरेपछि बिल रकम भुक्तानी नगरी व्यवसायीहरूलाई धम्की दिने तथा आर्थिक ठगी गर्ने प्रयास गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका बस्नेतमाथि प्रहरी वृत्त ठिमी, भक्तपुरबाट आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप