बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इरानी आक्रमणमा कुवेत विमानस्थल क्षतिग्रस्त, उडान सेवा स्थगित

बुधबार, २० जेठ २०८३, १२ : ४९
बुधबार, २० जेठ २०८३

सारांश

  • इरानबाट गरिएको मिसाइल र ड्रोन आक्रमणका कारण कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल क्षतिग्रस्त भएको छ ।
  • यस आक्रमणका कारण कुवेतको उडान सेवा र हवाई आवागमन स्थगित गरिएको छ ।
  • विमानस्थलको टर्मिनल-१ मा क्षति पुगेको छ र केही व्यक्ति घाइते भएका छन् ।

कुवेत सिटी । इरानबाट गरिएको मिसाइल र ड्रोन आक्रमणका कारण कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल क्षतिग्रस्त भएको छ । जसपछि त्यहाँको उडान सेवा र हवाई आवागमन स्थगित गरिएको छ । 

सरकारी सञ्चारमाध्यम कुवेत समाचार एजेन्सी (केयूएनए)का अनुसार यो आक्रमण बुधबार बिहान भएको हो । 

रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार विमानस्थलको टर्मिनल–१ मा क्षति पुगेको छ र केही व्यक्ति घाइते भएका छन्, जसको उपचार भइरहेको छ ।

आक्रमणपछि कुवेतले सबै उडान तथा हवाई सेवा अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ । टर्मिनल–१ कुवेत विमानस्थलको मुख्य अन्तर्राष्ट्रिय टर्मिनल हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार यो टर्मिनल केही दिनअघि मात्र पुनः सञ्चालनमा आएको थियो । यसअघि फेब्रुअरी अन्त्यतिर भएको अर्को इरानी आक्रमणमा पनि यो संरचना क्षतिग्रस्त भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप