शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

भेरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

बुधबार, २० जेठ २०८३, १९ : ४६
बुधबार, २० जेठ २०८३

सुर्खेत । भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटको भेरी नगरपालिका–११ मटेलाका १३ वर्षीय छोरा अनिष गिरी रहेको जाजरकोटका प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो साढे ३ बजेतिर पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।बालक डुबेको खबर पाउनासाथ प्रहरी चौकी मटेलाबाट प्रहरी सहायक निरीक्षक बम बहादुर थापाको कमाण्डमा खटिएको टोलीले स्थानीयको सहयोगमा उनको उद्धार गरेको थियो ।

उद्धार लगत्तै उनलाई गम्भीर अवस्थामा उपचारका लागि रुकुम पश्चिमको चौरजहारीस्थित मिसन अस्पताल पठाइएको थियो । अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप