बेलायतमा सैन्य हेलिकोप्टर दुर्घटना, नौसेनाका तीन सदस्यको मृत्यु
काठमाडौँ । बेलायतको दक्षिणपश्चिमी काउन्टी डेभनमा प्रशिक्षण उडानका क्रममा भएको सैन्य हेलिकोप्टर दुर्घटनामा बेलायती नौसेनाका तीन सदस्यको मृत्यु भएको छ ।
बेलायतको रक्षा मन्त्रालयका अनुसार दुर्घटना बुधबार बिहान करिब ४ बजे डेभनस्थित सोर्टन गाउँ नजिक प्रशिक्षण अभ्यासका क्रममा भएको थियो । दुर्घटनाग्रस्त हेलिकोप्टर बेलायती नौसेनाको मर्लिन हेलिकोप्टर रहेको नौसेनाका प्रवक्ताले बताएका छन् ।
रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी वक्तव्यमा घटनाप्रति ‘गहिरो दुःख’ व्यक्त गर्दै मृतकका परिवारजन र इष्टमित्रप्रति समवेदना प्रकट गरेको छ। दुर्घटनापछि घटनास्थलमा प्रहरी तथा आपत्कालीन उद्धार टोली परिचालन गरिएको छ।
स्काइ न्युजका अनुसार स्थानीय प्रहरीले घटनास्थलमा अनुसन्धान जारी रहेको जनाएको छ। प्रहरीका एक प्रवक्ताले ‘घटना सम्बन्धी अनुसन्धान जारी छ र थप जानकारी प्राप्त हुने बित्तिकै सार्वजनिक गरिनेछ’ भनेका छन् ।
बेलायती नौसेनाका प्रमुख जनरल ग्विन जेनकिनले दुर्घटनाको कारण पत्ता लगाउन औपचारिक अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्। दुर्घटना कसरी भयो भन्नेबारे हालसम्म विस्तृत विवरण सार्वजनिक गरिएको छैन । रक्षा मन्त्रालयले मृतकका परिवारको आग्रहमा थप जानकारी सार्वजनिक गर्नुअघि केही समयको गोपनीयता कायम राखिने जनाएको छ।
बेलायती प्रधानमन्त्री केइर स्टारमरले पनि घटनाप्रति चासो व्यक्त गर्दै मृतकका परिवारका लागि यो अत्यन्त चिन्ताजनक र कठिन समय भएको बताएका छन् । उनले घटनाबारे थप जानकारी सकेसम्म छिट्टै सार्वजनिक गरिने बताए।
बेलायती सञ्चारमाध्यमहरूका अनुसार दुर्घटना भएको क्षेत्र नजिकै बेलायती नौसेनाका विभिन्न सैन्य अड्डाहरू रहेका छन्। तीमध्ये एचएमएनबि डेभनपोर्ट पनि पर्छ, जसलाई पश्चिमी युरोपकै सबैभन्दा ठुलो नौसैनिक अड्डा मानिन्छ।
दुर्घटनाको कारण र अन्य विवरणबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण