‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिको विरोधमा नेपाली कम्युनिस्ट पार्टीले माइतीघरमा प्रदर्शन गरेको छ।
- आन्दोलनकारीहरूले प्रधानमन्त्रीले राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको आरोप लगाउँदै राजीनामाको माग गरेका छन्।
- प्रदर्शनकारीहरूले प्रधानमन्त्रीले सीमा विवाद जस्तो संवेदनशील विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै माफी वा राजीनामाको माग गरेका छन्।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै बिहीबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ।
प्रधानमन्त्री शाहले राष्ट्रहित विपरीत र राष्ट्रघाती अभिव्यक्ति दिएको आरोप लगाउँदै पार्टीका विभिन्न जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरू सडकमा उत्रिएका हुन्।
_VJF4744K1n.jpg)
माइतीघर मण्डलामा भेला भएका आन्दोलनकारीहरूले प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन्।
_ccRzpTkzbQ.jpg)
प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले ‘राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्री राजीनामा दे’ जस्ता चर्का नाराबाजी गरेका थिए। देशको सार्वभौमसत्ता र सीमा सुरक्षा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको तर्फबाट गैरजिम्मेवारपूर्ण भनाइ आएको भन्दै प्रदर्शनकारीहरूले तत्काल माफी माग्नुपर्ने वा पदबाट मार्गप्रशस्त गर्नुपर्ने माग राखे। विरोध र्यालीमा सहभागीहरूले प्रधानमन्त्री विरुद्ध विभिन्न प्लेकार्ड र ब्यानरहरू समेत प्रदर्शन गरेका थिए।
_nMPPHx0kP7.jpg)
नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले सीमा विवादका विषयमा देशको अडान स्पष्ट र बलियो हुनुपर्नेमा सरकार प्रमुखबाटै विवादास्पद अभिव्यक्ति आउनु निन्दनीय भएको बताएका छन्।
_9bzbLnlp9x.jpg)
_vKmVw4leTb.jpg)
_z1qisCSqjw.jpg)
_w5pliOkHrg.jpg)
_gnpCzFl3Sg.jpg)
_u6gRH5lmv0.jpg)
_A3eL9xntNQ.jpg)
_pfeiTHvoiD.jpg)
_E4hTvBf2ps.jpg)
_GtFjyBrzYq.jpg)
_KYvGUeuvYP.jpg)
_g9f750p4BO.jpg)
_sK38lg3xsb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण