भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
शनिबार, २३ जेठ २०८३, १४ : ५९
नयाँ दिल्ली । भारतीय आर्थिक वर्ष २०२५/२६ (अप्रिल २०२५–मार्च २०२६) को कुल ग्राहस्थ उत्पादन (जीडीपी) ७.७ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ । यस अघि आर्थिक वर्ष २०२४/२५ मा ७.१ प्रतिशतको आर्थिक वृद्धि कायम रहेको शुक्रबार जारी सरकारी तथ्याङकले जनाएको थियो ।
मध्य पूर्वमा जारी सङ्कटको बीचमा, भारतको अर्थतन्त्र जनवरी –मार्च अवधिको जीडीपी ७.८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्क अनुसार प्राथमिक क्षेत्रमा ३.२ प्रतिशतको वृद्धि दर देखिएको छ, जुन मुख्यतया कृषि र मत्स्य क्षेत्रबाट भएको जनाइएको छ ।
गत आर्थिकको वर्षमा उत्पादन, व्यापार, होटल, यातायात, सञ्चार तथा प्रसारण तथा अचल सम्पत्ति क्षेत्रसँग सम्बन्धित सेवाहरूले दोहोरो अङ्कको वृद्धि हासिल गरेको तथ्याङ्कले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण