रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
सारांश
- पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रोजगारी प्रवर्द्धनका क्षेत्रहरूलाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन् ।
- उनले रोजगारी नपाएर मानिसहरू संसारमा भौतारिनुपर्ने अवस्था रहेको भन्दै स्वदेशमा नै रोजगारी सिर्जनामा जोड दिए ।
- उनले देशको अर्थतन्त्रको विस्तार र राजस्व वृद्धिका लागि उद्योग व्यवसाय फस्टाउनुपर्ने र यसले नागरिकलाई आर्थिक रूपमा सबल बनाउने बताए ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रोजगारी प्रवर्द्धनका क्षेत्रहरूलाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौँमा नेपाल सुनचाँदी कला व्यवसायी सङ्घको अधिवेशन उद्घाटन गर्दै नेपालले रोजगारी नपाएर मानिसहरू संसारमा भौतारिनुपर्ने अवस्था रहेको भन्दै स्वदेशमा नै रोजगारी प्रवर्द्धनका क्षेत्रहरूलाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
उनले कुनै पनि व्यवसायमा प्रतिकूल असर नपरोस् भन्नका लागि विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए । उनले आफ्नै देशमा उत्पादन गर्न र उपभोग गर्दै विदेशमा निर्यात गर्न सके आयात केन्द्रित अर्थतन्त्र निर्यातमुखी हुने स्थिति बन्न सक्ने उल्लेख गरे । देशको अर्थतन्त्रको विस्तार र राजस्वमा वृद्धिका लागि सिङ्गो उद्योग व्यवसाय पनि फस्टाउनुपर्ने उनको भनाइ छ ।
उनले देशको उद्योग धन्दाहरू पनि फस्टाउन सके नागरिकहरू पनि आर्थिक रूपमा सबल हुने र क्रय शक्ति बढ्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण