भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
सारांश
- क्यान्सर उपचारमा प्रयोग हुने 'कार्बोप्लाटिन' नामक औषधि चार हजार भाइल भारतबाट नेपाल भित्रिँदैछ ।
- शनिबारसम्म पाँच सय भाइल र मङ्गलबारसम्म तीन हजार पाँच सय भाइल आइपुग्नेछ ।
- बजारमा औषधिको अभाव हुनुका कारण कच्चा पदार्थको मूल्य वृद्धि, मूल्य समायोजन नहुनु र डलर बढ्नु रहेको छ ।
काठमाडौँ । क्यान्सर उपचारका क्रममा किमोथेरापीमा प्रयोग हुने चार हजार भाइल ‘कार्बोप्लाटिन’ औषधि नेपाल भित्रिँदैछ । औषधि व्यवस्था विभागको समन्वयमा औषधि आयातकर्ताहरूले भारतबाट चार हजार भाइल ‘कार्वोप्लाटिन’ औषधि ल्याउन लागेका हुन् ।
आज शनिबार बेलुकीसम्म एक सय ५० एमजीको पाँच सय भाइल ‘कार्बोप्लाटिन’ आइपुग्नेछ । यस्तै, मङ्गलबारसम्म चार सय ५० एमजीको एक हजार चार सय भाइल र एक सय ५० एमजीको दुई हजार एक सय भाइल आइपुग्ने औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले जानकारी दिए ।
आचार्यले भने, ‘आएको औषधिको रेकर्ड राखिनेछ । र बिरामी पुर्जीको आधारमा मात्रै औषधि उपलब्ध गराउने योजना छ । सामान्य अवस्थामा चार हजार भाइलले ४५ दिनसम्मलाई धान्छ ।’
मुख्यतया: भारत र बंगलादेशबाट आयात हुने यी औषधिहरूको बजारमा अभाव भएको हो । बर्सेनि २४ हजार भाइल खपत हुने यो औषधि अहिले स्टकमै नभएको औषधि आयातकर्ताहरू बताउँछन् ।
विश्व बजारमा कच्चा पदार्थको मूल्य बढेको, नेपालमा औषधिको मूल्य समायोजन नभएको र डलर बढेका कारण पनि कार्बोप्लाटिन र सिस्प्लाटिन औषधिको अभाव भएको सरोकारवाला बताउँछन् । स्वास्थ्य मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिएकी थिइन् ।
औषधि व्यवस्था विभागको अनुगमनपछि उनले क्यान्सरलगायत औषधिको अभाव हुन नदिन निर्देशन दिएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण