कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
म्याग्दी । ‘जेनजी’ आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले नौ महिनापछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरबाट पक्राउ गरेको छ ।
जबरजस्तीकरणी मुद्दामा कास्की जिल्ला अदालतबाट दोषी ठहर भएका पोखरा महानगरपालिका–९ का ५४ वर्षीय लक्ष्मण मगराती भनिने कृष्णबहादुर सार्कीलाई पक्राउ गरी शनिबार कारागार कार्यालय बेनी चलान गरिएको हो ।
शुक्रबार राति ९ बजे गलेश्वरमा शङ्कास्पद रूपमा हिँडडूल गरिरहेको अवस्थामा फक्राउ परेका सार्कीलाई एक रात हिरासतमा राखेर प्रक्रिया पूरा गरी बाँकी कैद भुक्तान गराउन कारागार चलान गरिएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।
“कास्की जिल्ला अदालतले सात वर्ष कैद फैसला सुनाएका सार्की पोखरास्थित कारागारमा सह–नाइकेको जिम्मेवारीमा रहेको खुलेको छ”, उनले भने, “छानबिनका क्रममा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेको पुष्टि भएपछि बाँकी कैद भुक्तान गर्न कारागार चलान गरिएको हो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण