‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वक्तृत्वकलाको उपाधि अधिकारीलाई
सारांश
- आचल कुसुम अधिकारी ‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वतृत्वकला प्रतियोगितामा प्रथम हुनुभयो।
- अधिकारीलाई नगद रु २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
- यस्ता कार्यक्रमले युवामा नेतृत्व क्षमता र सामाजिक चेतना विकास गर्ने उद्देश्य रहेको छ।
काठमाडौँ । मङ्गलादेवी सिंह फाउन्डेसनद्वारा आयोजित ‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ विषयक वक्तृत्वकला प्रतियोगितामा आचल कुसुम अधिकारी प्रथम भएकी छन् ।
फाउन्डेसनले शनिबार यहाँ आयोजना गरेको नेपालको महिला आन्दोलनकी नेत्री ‘मङ्गलादेवी सिंहको योगदानमा आधारित वक्तृत्वकला प्रतियोगिता’ मा अधिकारी प्रथम भएकी हुन् । प्रथम भएसँगै अधिकारीलाई नगद रु २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै, बिनिता तामाङ दोस्रो र शिवानी राउत तेस्रो भएकी छन् । दोस्रो र तेस्रो उपाधि हासिल गर्ने तामाङ र राउतलाई क्रमशः नगद रु १५ र रु १० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा आरध्या घिमिरे, मान्यता धिताल र मनिषा खनालले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । उनीहरूलाई जनही रु पाँच हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ६० जनाले भाग लिएका थिए ।
कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंह, संविधानसभा सदस्य कल्याणी रिजाल, राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनीलगायतले पुरस्कार वितरण गरे । कार्यक्रममा अध्यक्ष सिंहले युवा पुस्तामा नेतृत्व क्षमता, प्रभावकारी अभिव्यक्ति र सामाजिक चेतनाको विकास गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण