राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
आइतबार, २४ जेठ २०८३, ०७ : ५५
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको पहिलो जिल्ला अधिवेशनबाट भरतराज कँडेल सभापतिमा निर्वाचित भएका छन् ।
- यस्तै, उपसभापतिमा विमला बस्नेत निर्विरोध, सचिवमा दिवस नेपाल र सहसचिवमा सिर्जना गिरी विजयी भएका छन् ।
- रास्वपा मोरङको अधिवेशनमा कुल ४८५ मत खसेको थियो ।
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको पहिलो जिल्ला अधिवेशनबाट सभापतिमा भरतराज कँडेल निर्वाचित भएका छन् ।
उपसभापति पदमा भने विमला बस्नेत निर्विरोध निर्वाचित भइन् । सचिवमा दिवस नेपाल विजयी भए । यस्तै सह–सचिवमा सिर्जना गिरी विजयी भइन् ।
जिल्ला अधिवेशनबाट पदाधिकारीसहित ९ जना चुनिने र २ जना सदस्य मनोनीत गर्ने रास्वपाको विधानमा उल्लेख छ ।
जिल्ला समितिमा पालिका सभापतिहरू स्वतः पदेन सदस्य हुनेछन् । रास्वपा मोरङको अधिवेशनमा ४८५ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
-
स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ
-
सिराहामा विद्यार्थीको मोबाइल नष्ट गरिएको घटना कानुनी कि गैरकानुनी ?
-
अभिनेत्री मधुको खुलासा : सुटिङ सेटमा रिस उठेपछि नाना पाटेकरलाई सचिक्कै थप्पड हिर्काएँ
-
के टाइम बैंक ? कसरी सञ्चालन गरिन्छ ?
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण