१२ बुँदे ‘हेटौँडा घोषणापत्र’ जारी गर्दै सकियो बागमती मिडिया सम्मेलन
सारांश
- बागमती मिडिया सम्मेलन १२ बुँदे हेटौँडा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
- सम्मेलनले पूर्ण प्रेस स्वतन्त्रता, लोकतन्त्र, मानवअधिकार र पत्रकारको पेसागत हितलाई अक्षुण राख्ने प्रतिबद्धता गरेको छ ।
- यस्तै, मिडियाका मुद्दाका साथै बागमती प्रदेशको आर्थिक र पूर्वाधार विकासका सवालहरूलाई पनि उठान गरिएको छ ।
हेटौँडा । ‘बागमती मिडिया सम्मेलन’ १२ बुँदे हेटौँडा घोषणापत्र–२०८३ जारी गर्दै सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिको आयोजनामा जेठ २२ गतेदेखि सुरु भएको सम्मेलन २४ गते बिहीबार घोषणापत्र सार्वजनिक गर्दै समापन भएको हो ।
सम्मेलनले पूर्ण प्रेस स्वतन्त्रता, लोकतन्त्र, मानवअधिकार र पत्रकारको पेसागत हितलाई अक्षुण राख्ने प्रतिबद्धता गरिएको छ । घोषणा पत्रमा सङ्घीय सरकारले सञ्चारमाध्यमहरूमाथि गरेको विभेदकारी विज्ञापन नीति फिर्ता लिन र स्वतन्त्र मिडियाको प्रवर्द्धनका लागि नीतिगत सुधार गर्न जोडदार माग गरेको छ ।
पत्रकार महासङ्घ बागमती प्रदेश समितिका सचिव श्याम खतिवडाको संयोजकत्वमा रहेको घोषणापत्र निर्माण समितिले समाचार लेखेकै आधारमा पत्रकारहरूलाई विद्युतीय कारोबार ऐन अन्तर्गत फौजदारी अभियोग लगाउने कार्य बन्द गर्न माग गरिएको छ ।
पत्रकारहरूलाई निर्बाध रूपमा सूचनाको पहुँच पुर्याउने वातावरण निर्माण गर्न र उनीहरूमाथि भइरहेको धम्की, धरपकड र निगरानी जस्ता कार्यको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सम्मेलनले सञ्चारकर्मीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराई पेसागत सुरक्षाको ग्यारेन्टी गर्न तीनवटै तहका सरकारसँग माग गरेको छ ।
यस्तै, साना लगानीका मिडियालाई उद्योगका रूपमा विकास गर्न र स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई नै वितरण गर्ने व्यवस्था मिलाउन प्रदेश भरका स्थानीय तहह लाई अनुरोध गरिएको छ ।
मिडियाको मुद्दाका साथै सम्मेलनले बागमती प्रदेशको आर्थिक र पूर्वाधार विकासका सवालहरूलाई पनि उठान गरेको छ । सम्मेलनले बन्द रहेको हेटौँडा कपडा उद्योग र रुग्ण अवस्थामा रहेको हेटौँडा सिमेन्ट कारखानालगायतका उद्योगहरू पुनः सञ्चालन गरी रोजगारी सिर्जना गर्न माग गरेको छ ।
बागमती प्रदेशको राजधानी हेटौँडा (मकवानपुर)लाई पर्यटकीय नगरीका रूपमा विकास गर्दै आवश्यक स्थायी पूर्वाधार निर्माण गर्न सम्मेलन मार्फत सङ्घीय र प्रदेश सरकारलाई आग्रह गरेको छ । सञ्चार गृहहरुमा लैङ्गिक, अल्पसङ्ख्यक र शारीरिक सक्षमताका आधारमा सकारात्मक विभेदको नीति अवलम्बन गरी सहभागितामूलक वातावरण निर्माण गर्न आग्रह गरिएको छ ।
सुशासन प्रवर्द्धनका लागि सरकारले चालेका कदमहरूलाई समर्थन गर्दै सम्मेलनले निरङ्कुशताको बाटो नभई लोकतान्त्रिक विधिबाट अघि बढ्न सुझाव दिएको छ । पत्रकार महासङ्घका विभिन्न जिल्ला शाखाहरूको भवनको भोगाधिकार कायम राख्न समेत सम्मेलनले सरकारसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
-
स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ
-
सिराहामा विद्यार्थीको मोबाइल नष्ट गरिएको घटना कानुनी कि गैरकानुनी ?
-
अभिनेत्री मधुको खुलासा : सुटिङ सेटमा रिस उठेपछि नाना पाटेकरलाई सचिक्कै थप्पड हिर्काएँ
-
के टाइम बैंक ? कसरी सञ्चालन गरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण