रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
सारांश
- रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम जिल्ला अधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रिया आन्तरिक विवादका कारण तत्कालका लागि स्थगित गरिएको छ।
- निर्वाचन प्रक्रियामा देखिएको विवाद, सम्भावित झडप, सुरक्षा चुनौती र अन्य दलबाट हुन सक्ने घुसपैठलाई मध्यनजर गर्दै निर्वाचन रोक्न माग गर्दै निर्वाचन आयोगलाई पत्र बुझाइएको छ।
- केही नेताहरूले निर्वाचन स्थगनको मागलाई लोकतान्त्रिक प्रक्रियामाथिको हस्तक्षेपका रूपमा व्याख्या गर्दै प्रभावशाली नेताहरूले आफ्नो अनुकूल परिणाम ल्याउन निर्वाचन रोक्ने प्रयास गरेको आरोप लगाएका छन्।
रौतहट । रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम जिल्ला अधिवेशन अन्तर्गत चलिरहेको निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ।
निर्वाचन प्रक्रियामा देखिएको आन्तरिक विवाद, सम्भावित झडप, सुरक्षा चुनौती र अन्य दलबाट हुन सक्ने घुसपैठलाई मध्यनजर गर्दै निर्वाचन रोक्न माग गर्दै आइतबार सम्बन्धित पक्षले निर्वाचन आयोगलाई पत्र बुझाएको हो।
निर्वाचन संयोजकलाई सम्बोधन गरिएको पत्रमा जिल्लाका केही पालिकाहरूमा प्रतिनिधि छनोट प्रक्रियामै विवाद चर्किएको, पारदर्शिताको अभाव देखिएको तथा अधिवेशनको उद्घाटन सत्रमै झडप हुन सक्ने उल्लेख गरिएको छ। त्यस्तै, उम्मेदवारी मनोनयन दर्दासमेत निर्वाचन संयोजक र सदस्यहरू मतदान स्थलमा प्रत्यक्ष उपस्थित हुन नसकी ह्वाट्सएपमार्फत गराउनुपर्ने अवस्था आएको तथा अन्तिम मतदाता नामावली टाँस गर्नसमेत वातावरण नभएको कारण पत्रमा देखाइएको छ।
उक्त पत्रमा सङ्घीय सांसदहरू रौतहट १ का राजेश चौधरी, ३ का रवीन्द्र पटेल, ४ का गणेश पौडेल र गजला शमीम मिकरानीको हस्ताक्षर रहेको छ। त्यस्तै संगठन विभाग सदस्य उदय नारायण सापकोटा, रौतहट २ का सङ्घीय सांसद प्रत्याशी शेख सागिर तथा श्रम विभाग सदस्य मोहम्मद शेख सनाउल्लाह लगायतले पनि पत्रमा हस्ताक्षर गरेका छन्।
अर्कातर्फ, अधिवेशनमा सहभागी केही नेताहरूले भने निर्वाचन स्थगनको मागलाई लोकतान्त्रिक प्रक्रियामाथिको हस्तक्षेपका रूपमा व्याख्या गर्न थालेका छन्। प्रतिनिधिहरूबाट नेतृत्व चयन हुने प्रक्रियामा प्रभावशाली नेताहरूले आफ्नो अनुकूल परिणाम ल्याउन निर्वाचन रोक्ने प्रयास गरेको आरोप उनीहरूले लगाएका छन्।
रौतहटमा हुन लागेको रास्वपाको प्रथम जिल्ला अधिवेशनमा जिल्ला अध्यक्षका लागि प्रदीप साह, अजय साह, रवीन्द्र यादव, राजेश चौधरी लगायत १० जना आकांक्षी देखिएपछि विवाद हुने सम्भावना बढेको थियो। यसअघि पार्टी निर्वाचन मण्डलले हिजो आइतबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको थियो भने सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
-
अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ : ज्ञानेन्द्र शाही
-
फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते
-
कलाकारको नाम र स्टारडमले मात्र फिल्म चन्दैन : गौरी मल्ल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण