प्राइम कमर्सियल बैंकले जित्यो महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि
काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५’ सफलतापूर्वक सम्पन्न भएको छ। जेठ १७ देखि २० गतेसम्म काठमाडौँमा सञ्चालित उक्त प्रतियोगिताको फाइनल खेलमा माछापुच्छ्रे बैंक लिमिटेडलाई पराजित गर्दै प्राइम कमर्सियल बैंक लिमिटेडले उपाधि हात पारेको हो।
कुल २४ वटा बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको यस प्रतियोगिताको समापन समारोहमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले विजेता तथा उप–विजेता टोलीलाई ट्रफी र पुरस्कार वितरण गरे। सो अवसरमा प्राइम कमर्सियल बैंकका कृतार्थ शाक्य उत्कृष्ट खेलाडी घोषित भए ।
त्यसैगरी, व्यक्तिगत विधातर्फ माछापुच्छ्रे बैंकका सिर्जन सुवेदी उत्कृष्ट ब्याट्सम्यान, नेपाल बैंकका मोहन कुमार श्रेष्ठ उत्कृष्ट बलर, सानिमा जीआईसी इन्स्योरेन्सका अनिल भुजेल उत्कृष्ट विकेटकिपर र लुम्बिनी विकास बैंकका लक्ष्मण प्रधान उत्कृष्ट फिल्डर चुनिए । सानिमा जीआईसी इन्स्योरेन्सले फेयर प्ले अवार्ड प्राप्त गरेको यस प्रतियोगितामा ९ वाणिज्य बैंक, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त, ३ बीमा कम्पनी र १ मर्चेन्ट बैंकको सहभागिता रहेको थियो।
महालक्ष्मी विकास बैंकले प्रतियोगितालाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र कतारबिच अमेरिका–तेहरान वार्ता मध्यस्थताबारे छलफल
-
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
-
सामाजिक सञ्जालमा सुनचाँदी र नगदको ‘रिल्स’ बनाउनु पर्यो महँगो, चोरले घरमै पुगेर लुटे लाखौँको सम्पत्ति
-
चलचित्र ‘लालीबजार’को अहिलेसम्मको आम्दानी कति ?
-
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
-
सुदूरपश्चिम सरकारका मन्त्री फेरबदल अघि मन्त्रिपरिषद् बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण