लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
सारांश
- लुम्बिनी प्रदेशका नवनियुक्त ५ जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
- एमालेबाट ४ र जसपाबाट १ जना मन्त्री नियुक्त भएका हुन् ।
- नवनियुक्त मन्त्रीहरूलाई लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीले शपथ गराएका हुन् ।
रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले आज शपथ ग्रहण गरेका छन् । लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त ५ जना मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
लुम्बिनीमा केही दिनअघि एमालेका ४ र जसपाबाट १ मन्त्री नियुक्त भएका थिए । पुनर्गठित मन्त्रिपरिषद्अन्तर्गत एमालेबाट रुपन्देहीका तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अर्घाखॅाचीका रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, बाँकेका रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र गुल्मीका डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।
मुख्यमन्त्री चेतनाथ आचार्यले २० गते सिफारिस गरे पनि लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगर प्रदेश बाहिर रहेकाले नयाँ मन्त्रीहरूलाई आज शपथ गराइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण