हेड र मार्स बिना बंगलादेश भ्रमणमा जाँदै अस्ट्रेलियाली टोली
सारांश
- ट्रेभिस हेडले व्यक्तिगत बिदाका कारण बंगलादेशविरुद्धको सीमित ओभरको शृङ्खला गुमाउने भएका छन्।
- कप्तान मिचेल मार्स गोलीगाँठोको चोटका कारण एकदिवसीय शृङ्खलाबाट बाहिरिएका छन्।
- लेगस्पिनर तनवीर सङ्घाको स्थानमा अफस्पिनर टोड मर्फीले पहिलो पटक सेतो बलको अस्ट्रेलियाली टोलीमा स्थान पाएका छन्।
मेलबर्न। अस्ट्रेलियाका विष्फोटक ब्याटर ट्रेभिस हेडले बंगलादेशविरुद्धको सीमित ओभरको शृङ्खला गुमाउने भएका छन्। इन्डियन प्रिमियर लिग (आईपीएल) पछि व्यक्तिगत बिदा स्वीकृत भएकाले उनले यो भ्रमण गुमाउने भएका हुन्।
यस्तै, कप्तान मिचेल मार्स पनि एकदिवसीय शृङ्खलाबाट बाहिरिएका छन्। पाकिस्तान भ्रमणका क्रममा खेल गुमाउनु परेको गोलीगाँठोको चोटबाट उनी अझै पूर्ण रूपमा निको भइसकेका छैनन्।
लेगस्पिनर तनवीर सङ्घा पनि पाकिस्तानमा चोटग्रस्त भएपछि टोलीबाट बाहिरिएका छन्। उनको स्थानमा अफस्पिनर टोड मर्फीले पहिलो पटक सेतो बलको अस्ट्रेलियाली टोलीमा स्थान बनाएका छन्। हेड र मार्सको विकल्पका रूपमा पाकिस्तान भ्रमणमा रहेका म्याट सर्ट र ओलिभ प्रिकलाई टोलीमै निरन्तरता दिइएको छ।
आईपीएलमा सनराइजर्स हैदरावादका तर्फबाट प्लेअफ खेल्नुपर्ने भएकाले हेड पाकिस्तान भ्रमणको टोलीमा थिएनन्। बंगलादेशविरुद्धको एकदिवसीय र टी-२० दुवै टोलीमा सुरुमा उनको नाम समावेश भए पनि आगामी १२ महिनामा तीनै फर्म्याटमा ओपनरका रूपमा खेल्नुपर्ने कार्यबोझलाई ध्यानमा राख्दै उनलाई विश्राम दिइएको हो।
टी-२० टोलीमा उनको प्रतिस्थापनको घोषणा हुन बाँकी छ। मुख्य चयनकर्ता टोनी डोडेमाइडका अनुसार हेडलाई व्यक्तिगत कारणले बिदा दिइएको हो र उनी बंगलादेशविरुद्धकै टेस्ट शृङ्खलाबाट टोलीमा फर्कने छन्।
यता, आईपीएलका क्रममा बल्झिएको चोटका कारण मार्सले पाकिस्तान शृङ्खलाबाट अन्तिम समयमा नाम फिर्ता लिएका थिए। ६ खेलको बंगलादेश भ्रमणमा दुवै फर्म्याटको कप्तानी उनले नै गर्ने अपेक्षा गरिए पनि अब उनी जुन १७ बाट सुरु हुने टि-२० शृङ्खलासम्म मात्र फिट हुने लक्ष्यका साथ तयारीमा जुट्ने छन्।
मार्स र हेडसँगै नियमित कप्तान प्याट कमिन्सलाई पनि विश्राम दिइएकाले पाकिस्तान भ्रमणमा जस्तै जोस इङ्लिसले नै टोलीको कप्तानी सम्हाल्ने छन्। यदि मार्स समयमै निको नभएमा इङ्लिसले नै टी-२० टोलीको पनि कमान सम्हाल्ने सम्भावना छ।
बंगलादेश भ्रमणका लागि अस्ट्रेलियाको एक दिवसीय टोली:
जेभियर बार्टलेट, एलेक्स केरी, कुपर कोनोली, बेन ड्वारिसस, नाथन एलिस, क्यामरुन ग्रीन, जोस इङ्लिस (कप्तान), म्याथ्यू कुहनेम्यान, मार्नस लाबुसेन, टोड मर्फी, ओलिभ प्रिक, म्याथ्यू रेनश, लियाम स्कट, म्याट सर्ट र एडम जाम्पा।
बंगलादेश भ्रमणका लागि अस्ट्रेलियाको टी-२० टोली:
मिचेल मार्स (कप्तान), जेभियर बार्टलेट, कुपर कोनोली, टिम डेभिड, जोएल डेभिस, नाथन एलिस, क्यामरुन ग्रीन, आरोन हार्डी, जोस इङ्लिस, स्पेन्सर जोन्सन, म्याथ्यू कुहनेम्यान, राईली मेरेडिथ, जोस फिलिपे, म्याथ्यू रेनश र एडम जाम्पा।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण