बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

छातीमा नेपालको नक्साअंकित लोगो लगाएर सीमाका विषयमा विभाजित भएर बहस गर्नु दुर्भाग्यपूर्ण : नेकपा

बुधबार, २७ जेठ २०८३, १७ : ०६
बुधबार, २७ जेठ २०८३

सारांश

  • छातीमा नेपालको नक्सा अंकित लोगो लगाएर प्रतिनिधिसभामा मुलुकको सिमानाका विषयमा विभाजित बहस गर्नुपर्नु दुर्भाग्यपूर्ण भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बताएको छ ।
  • नेकपाका सांसद प्रमेश हमालले नेपालको सिमानाको सन्दर्भमा विभाजित भएर बहस गर्दा मन गह्रुङ्गो भएको बताए ।
  • उनले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको भू अखण्डताको विरुद्धमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सदनको रोष्ट्रममा आएर माफी माग्नुपर्ने र बोलेका शब्दहरू संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन् ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का छातीमा नेपालको नक्सा अंकित लोगो लगाएर प्रतिनिधिसभामा मुलुकको सिमानाका विषयमा विभाजित बहस गर्नपर्नु दुर्भाग्यपूर्ण भएको बताएको छ । प्रतिनिधिसभाको बैठकमा विशेष समय दिएर नेकपाका सांसद प्रमेश हमालले त्यस्तो बताएका हुन् । 

 ‘छातीमा नेपालको नक्सा लगाएर नेपालको सिमानाको सन्दर्भमा विभाजित भएर बहस गर्दा मन गह्रुङ्गो भएको छ,’ हमालले भने । उनले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको भू अखण्डताको विरुद्धमा आपत्तिजनक अभिव्यक्ति दिएको बताए । संसारका कुनै पनि सत्तासीन नेताहरूले सीमाको सम्बन्धमा यस्तो अभिव्यक्ति दिँदैनन् भन्दै व्यङ्ग्य गरे । 

उनले प्रधानमन्त्रीले सदनको रोष्ट्रममा आएर माफी माग्नुपर्ने र उनले बोलेका शब्दहरू संसद्को रेकर्डबाट हटाउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप