सांसद खगेन्द्र सुनारको तर्कमा खुस्बुको प्रतिवाद
सारांश
- सार्वजनिक लेखा समितिको बैठकमा सांसद खगेन्द्र सुनारले बजेट निर्माणका क्रममा भएका त्रुटिप्रति कर्मचारीतन्त्रलाई मात्र दोषी देख्ने प्रवृत्ति गलत भएको तर्क गरेका छन्।
- उनले साना गल्तीहरूलाई ठुलो अपराध नबनाउन र मन्त्रीलाई सधैँ कटघरामा नउभ्याउन आग्रह गरे।
- सांसद खुस्बु ओलीले संसदीय समितिको काम प्रश्न सोध्नु र जबाफदेही बनाउनु भएकोले करको दरमा भएको परिवर्तन सामान्य नभएको बताइन्।
काठमाडौँ । सार्वजनिक लेखा समितिको बैठकमा बजेट निर्माणका क्रममा भएका भनिएका त्रुटि र करका दर परिवर्तनको विषयलाई लिएर सांसदहरू खगेन्द्र सुनारले राखेको धारणामा सांसद खुस्बु ओलीले प्रतिवाद गरेकी छिन् ।
बैठकमा बोल्दै सांसद खगेन्द्र सुनारले कर्मचारीतन्त्रमा हुने ससाना कमजोरीका लागि सधैँ मन्त्री वा नेतृत्वलाई मात्रै दोषी देख्ने प्रवृत्ति गलत भएको तर्क गरे। उनले भने, 'गाडीको ड्राइभर सिटमा बसेको व्यक्तिको बारेमा जति चर्चा हुन्छ, पछाडिको सिटमा बसेका यात्रुले गरेको बदमासीको भारी पनि ड्राइभरलाई नै बोकाइनु हुँदैन।'
उनले बीवाईडी जस्ता ब्रान्ड र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रसङ्ग जोडेर बजेटमा भएका ससाना भाषिक वा प्राविधिक त्रुटिलाई ठुलो अपराध जस्तो बनाउन नहुने बताए। उनले साना गल्तीहरू मन्त्रालयले स्वीकार गरिसकेको उल्लेख गरे ।
सुनारले भने,'रुघाखोकी लाग्दा अपरेसन गर्ने रहर गर्नु हुँदैन। कर्मचारीको बदमासी भए छानबिन गरौँ, तर मन्त्रीलाई नै सधैँ कटघरामा उभ्याउने कामले देशको अर्थतन्त्रलाई हित गर्दैन।'
सुनारको तर्कमाथि प्रतिवाद गर्दै सांसद खुस्बु ओलीले संसदीय समितिको काम नै प्रश्न सोध्ने र जबाफदेही बनाउने भएको बताइन्।
'यदि प्रश्न र बहस नै नगर्ने हो भने संसदीय समितिको औचित्य के ?' भन्दै उनले प्रश्न गरिन्।
अर्थमन्त्रीको बचाउमा आएको भाषिक त्रुटिको तर्कलाई खण्डन गर्दै ओलीले भनिन्, 'यहाँ अल्पविराम वा पूर्णविरामको त्रुटि भएको होइन। करको दर १ प्रतिशत मात्रै तल-माथि हुँदा राज्यको राजस्वमा अर्बौँ रुपैयाँको फरक पर्छ। यो नम्बरको खेल हो, टोन अफ ल्याङ्ग्वेजको होइन। टेबल भइसकेको विधेयकमा यसरी अदृश्य तरिकाले दरहरू परिवर्तन हुनु सामान्य कुरा होइन।'
उनले थप स्पष्ट पार्दै भनिन्, 'हामीले कुनै व्यक्तिमाथि आक्षेप लगाएका होइनौँ, यो त एउटा प्रणाली र प्रवृत्तिको विषय हो। अर्थ मन्त्रालय र भन्सारको छवि सुधार्नका लागि पनि यो प्रकरणमा सामूहिक र पारदर्शी छानबिन हुनैपर्छ। मन्त्री ज्यूको निष्ठामा प्रश्न उठाएको नभई प्रणालीको पारदर्शिता खोजिएको हो।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुरु रंधावालाई निशाना बनाएर दिल्लीमा चल्यो गोली
-
आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू
-
बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य : सुवेदी
-
एकपटक पाएको मतका आधारमा दम्भ नदेखाउन सरकारलाई पन्तको चेतावनी
-
३० हजार किशोरकिशोरीलाई दादुराविरूद्धको खोप प्रदान गरिने
-
परराष्ट्रमन्त्रीको स्पष्टीकरण, ‘प्रधानमन्त्रीले उठाउनुभएको विषय दशगजा अतिक्रमणसँग सम्बन्धित हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण