‘मिस्टर एन्ड मिस एसइई सुपर मोडल’को उपाधि सिटौला र सिंहलाई
काठमाडौँ । ‘मिस्टर एन्ड मिस एसइई सुपर मोडल २०२६’को उपाधि मिष्टरतर्फ सौरभ सिटौला र मिसतर्फ आर्यना सिंहले जितेका छन् । विजेता दुवैले उपाधिसँगै २ लाख रुपैयाँ, स्मार्टफोन तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरे ।
प्रतियोगितामा प्रिन्स चौधरी र आकृति राई ‘फेस अफ एसइई सुपर मोडल २०२६’ हुँदा जोयल महर्जन र युइशा बस्नेत फस्ट रनरअप, साओलिन श्रेष्ठ र कृतिश्मा लामा सेकेण्ड रनरअप, आरव श्रेष्ठ र सुम्निमा बजगाईं थर्ड रनरअप तथा अन्सन अधिकारी र युनिशा शाक्य फोर्थ रनरअप घोषित भए। त्यस्तै विवेक भुसाल र जेलिशा श्रेष्ठ ब्रान्ड एम्बासडर, साइस् रौनियार र जेत्सुन डोल्मा मोक्तान अर्गनाइजर च्वाइस, सदिक्षा तामाङ ब्यूटी विथ ब्रेन, सुषान्त तामाङ र हिमानी लामिछाने भ्यालेन्टिनो ब्रान्ड एम्बासडर घोषित भए ।
मनास्लु वर्ल्डको प्रस्तुति, भ्यालेन्टिनो इन्टरनेशनल कलेज अफ फेसनद्वारा सञ्चालित तथा एभरेष्ट इभेन्ट्सद्वारा आयोजित प्रतियोगितामा साधवी प्रसाईँले पब्लिक च्वाइस अवार्ड, आयुष्री कार्कीले भ्यूज च्वाइस अवार्ड, अविनाश तामाङले भ्यूज च्वाइस रनरअप तथा अरिका थापा र प्रिन्स पाण्डेले मोस्ट पपुलर रनरअपको उपाधि हासिल गरे।
सहभागी सबैलाई नेपालका २० भन्दा बढी प्रतिष्ठित कलेजहरूमा विज्ञान, व्यवस्थापन, मानविकी तथा ए(लेभल अध्ययनका लागि छात्रवृत्ति अवसर प्रदान गरिएको आयोजकले जनाएको छ।
युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा फेसन र मनोरञ्जन क्षेत्रमा अवसर सिर्जना गर्ने उद्देश्य कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कृष्ण श्रेष्ठले बताए ।
प्रतियोगिताको कोरियोग्राफी सुगन्धा अधिकारी र अर्शु महर्जनले गरेका थिए भने सञ्चारकर्मी रोजिन शाक्यले सञ्चालन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले हानेका २० मिसाइल खसालेको जोर्डनको दाबी
-
विश्वकप फुटबल : नेपालमा जर्सी किन्नेहरूको भिड (तस्बिरहरू)
-
आन्तरिक ऋणमा सरकारले यसपटक पनि लत्यायो वित्त आयोगको सिफारिस
-
ईभी भन्सार दर परिवर्तनको विवाद : लेखा समितिमा सांसदहरू दुई धारमा
-
ओमानबाट इरान जाँदै गरेको जहाजमा अमेरिकी सेनाको प्रहार
-
गुरु रंधावालाई निशाना बनाएर दिल्लीमा चल्यो गोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण