सधैँ थकान र कमजोरी महसुस हुन्छ ?
काठमाडौँ । रातभरि सुतेर बिहान उठ्नेबित्तिकै तपाईं थकान महसुस हुन्छ ? भिटामिन चक्की खाएपछि पनि थकित हुनुहुन्छ ? तपाईंको अवस्थामा सुधार भइरहेको छैन ?
यी सबै कुरा भइरहेको छ भने तपाईंले निश्चित रूपमा केही परीक्षणहरू गराउनैपर्छ । निरन्तर थकान केवल पोषक तत्त्वको कमीको कारण मात्रै नभएको डाक्टरहरू भन्छन् । यो अझ गम्भीर समस्याको संकेत हुन सक्ने उनीहरू बताउँछन् ।
सीबीसी परीक्षण
शरीरमा रगतको कमी छ, संक्रमण छ वा कुनै क्रोनिक रोग छ भने यी सबै रगतको कम्प्लिट ब्लड काउन्ट अर्थात् सीबीसी परीक्षणबाट पत्ता लाग्छ ।
थाइराइड प्रोफाइल
थाइराइड स्लो भएको छ भने तपाईंको शरीर पनि सुस्त हुन थाल्छ । यस्तो अवस्थामा, डाक्टरहरूले तपाईंको थाइराइड परीक्षण गराउन सिफारिस गर्छन् ।
भिटामिन डी परीक्षण
तपाईंमा भिटामिन डीको कमी छ भने, यसले निरन्तर थकान र शरीर दुखाइ पनि निम्त्याउन सक्छ ।
भिटामिन बी १२ को कमी
भिटामिन बी १२ को कमीले थकान, चक्कर लाग्ने, मुड स्विङ र हात र खुट्टामा झमझमाउने जस्ता लक्षणहरू निम्त्याउन सक्छ ।
मधुमेह हुनु अघिको संकेत
बारम्बार थकाइ लाग्नु वा थकित महसुस भइरहनु मधुमेह लाग्नु भन्दा अगाडि प्रारम्भिक संकेत हो । यदि तपाईंलाई ज्दब्ज्ञअ बढेको छ वा मधुमेह सम्बन्धी समस्या छ भने, आफ्नो ज्दब्ज्ञअ र रगतमा चिनीको मात्रा परीक्षण गराउनुस् ।
यी कुराहरूको विशेष ख्याल राख्नुहोस् र थकानसँग लड्न पर्याप्त निदाउनुहोस्, प्रशस्त पानी पिउनुहास् अनि आफ्नो आहारमा सुधार गर्नुहोस् ।
(अस्वीकरणः सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण