नेपाल प्रहरीका विभिन्न प्राविधिक समूहका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
शनिबार, ३० जेठ २०८३, ०७ : ३१
सारांश
- नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले विभिन्न प्राविधिक समूहअन्तर्गत रिक्त रहेका प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस सूची प्रकाशित गरेको छ।
- प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार जेठ २९ गते बसेको बढुवा समितिको बैठकले विभिन्न उपसमूहका कूल ३६३ जना प्रहरी जवानहरूलाई सहायक हवल्दार पदमा बढुवा गर्न सिफारिस गरेको हो।
- बढुवा समितिले कार्यक्षमता, शैक्षिक योग्यता र तालिमका आधारमा प्राप्त गरेको कूल प्राप्ताङ्कको आधारमा योग्यताक्रम सूची सार्वजनिक गरेको छ र चित्त नबुझ्ने उम्मेदवारहरूले सात दिनभित्र उजुरी दिन सक्ने व्यवस्था मिलाएको छ।
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले विभिन्न प्राविधिक समूहअन्तर्गत रिक्त रहेका प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस सूची प्रकाशित गरेको छ।
प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार जेठ २९ गते बसेको बढुवा समितिको बैठकले विभिन्न उपसमूहका कूल ३६३ जना प्रहरी जवानहरूलाई सहायक हवल्दार पदमा बढुवा गर्न सिफारिस गरेको हो।
बढुवा समितिले उनीहरूको कार्यक्षमता, शैक्षिक योग्यता र तालिमका आधारमा प्राप्त गरेको कूल प्राप्ताङ्कको आधारमा योग्यताक्रम सूची सार्वजनिक गरेको उल्लेख गरेको छ। सिफारिस सूचीमा चित्त नबुझ्ने उम्मेदवारहरूले सात दिनभित्र उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने व्यवस्था समेत रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन
-
हिमालको स्वाद संकटमा : क्यान्जेनको याक चिज जोगाउन सकस (तस्बिरहरू)
-
युक्रेनी आक्रमणले रुसी अर्थतन्त्र र समाजमा असर पारेको छ : भ्लादिमिर पुटिन
-
बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
-
सेफ सन्तोष साह धनुषाबाट पक्राउ
-
नेकपाको कार्यविभाजनप्रति कालिकोटमा असन्तुष्टि, साबिक समाजवादीले बोलायो छुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण