मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु

मङ्गलबार, ०९ असार २०८३, ०५ : ५२
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्स र इराकबिचको खेल खराब मौसमका कारण रोकिएपछि पुनः सुरु भएको छ ।
  • चट्याङ पर्ने सम्भावनाका कारण सुरक्षा सतर्कता अपनाउँदै खेल लामो मध्यान्तर पछि फेरि सुरु भएको हो ।
  • खेल सुचारु हुँदा फ्रान्स १-० ले अगाडि छ, जसमा कप्तान किलियन एम्बाप्पेले गरेको गोल निर्णायक छ ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत फिलाडेल्फिया स्टेडियममा खराब मौसमका कारण अवरुद्ध भएको फ्रान्स र इराकबिचको खेल पुनः सुचारु भएको छ । चट्याङ पर्ने सम्भावनाका कारण सुरक्षा सतर्कता अपनाउँदै रोकिएको खेल लामो मध्यान्तर पछि फेरि सुरु भएको हो ।

यो विश्वकपको इतिहासमा मौसमका कारण खेल रोकिनुपरेको यो पहिलो अवसर हो । नेपाली समय अनुसार मंगलबार बिहान २ः४५ बजे सुरु भएको खेलको पहिलो हाफ सकिए लगत्तै रंगशालामा ‘सिभिएर वेदर मोड’ लागू गरिएको थियो । सुरक्षाका लागि दर्शकहरूलाई खुल्ला सिट छोडेर सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो ।

खेल सुचारु हुँदा फ्रान्स १–० ले अगाडि रहेको छ । पहिलो हाफको १४ औँ मिनेटमा कप्तान किलियन एम्बाप्पेले गरेको गोल नै अहिले सम्म निर्णायक साबित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप