सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
राहदानी छपाइ प्रकरण

*राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायत विरुद्ध मुद्दा दायर

सोमबार, ०८ असार २०८३, १६ : ३३
सोमबार, ०८ असार २०८३

सारांश

  • राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना व्यक्ति र २ वटा विदेशी कम्पनीविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
  • बोलपत्रको सर्तहरूमा बदनीयतपूर्ण हेरफेर गरी राज्यलाई १० अर्ब १३ करोडभन्दा बढी नोक्सानी पुर्याएको अख्तियारको दाबी छ ।
  • मुद्दामा विभागका तत्कालीन १० कर्मचारी, दुई जर्मन कम्पनी र तिनका प्रतिनिधिहरू प्रतिवादी बनाइएका छन् ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना व्यक्ति र २ वटा विदेशी कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बोलपत्रको सर्तहरूमा बदनीयतपूर्ण हेरफेर गरी राज्यलाई १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ नोक्सानी पुर्‍याएको दाबी गरेको छ।

मुद्दा दायर गरिएकाहरूमा विभागका तत्कालीन १० जना कर्मचारी र दुई जर्मन कम्पनी र तिनका ३/३ जना प्रतिनिधिहरू रहेका छन्। मिलेमतोमा निश्चित कम्पनीलाई ठेक्का सुम्पिएर सरकारी सम्पत्ति हानि–नोक्सानी गरेको अख्तियारको जिकिर छ ।  

 राष्ट्रसेवक पदाधिकारी/कर्मचारी र आपूर्तिकर्ता कम्पनी एवं कम्पनीहरूका आधिकारीक प्रतिनिधिहरू समेतलाई प्रतिवादी बनाई सोमबार मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

(*यसअघि प्रकाशित समाचारमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध समेत मुद्दा दर्ता भएको उल्लेख हुन पुगेकामा क्षमायाचनासहित सच्याइएको छ-सम्पादक)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप