रौतहटमा लापसे गरी सवारी चलाउने ३ चालक पक्राउ
सारांश
- रौतहटमा लागूऔषध सेवन गरेर सवारी चलाइरहेका ३ जना चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
- मधेस प्रदेशभर सञ्चालन भइरहेको ट्राफिक जनचेतना सप्ताह अन्तर्गत करिब १ सय जना सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको थियो।
- स्वास्थ्य परीक्षणका क्रममा लागूऔषध सेवन गरेको पुष्टि भएका १४ जना चालकमध्ये ३ जनालाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अघि बढाइएको छ।
रौतहट । रौतहटमा लागूपदार्थ सेवन (लापसे) गरेर सवारी साधन चलाइरहेका ३ जना चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका चालकविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
मधेस प्रदेशभर सञ्चालन भइरहेको ट्राफिक जनचेतना सप्ताह–२०८३ अन्तर्गत सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले करिब १ सय जना सवारी चालकको स्वास्थ्य परीक्षण गरेको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरका अनुसार अभियानको छैटौँ दिन कार्यालय परिसरमा स्वास्थ्यकर्मीको टोलीले चालकहरूको रक्तचाप, मधुमेह तथा आँखाको परीक्षण गरेको थियो।
स्वास्थ्य परीक्षणका क्रममा शङ्कास्पद देखिएका चालकहरूको लागूपदार्थ सेवन परीक्षण (लापसे) समेत गरिएको थियो। १४ जना चालकको परीक्षण गर्दा ३ जनामा लागूपदार्थ सेवन गरेको पुष्टि भएको इन्स्पेक्टर मगरले जानकारी दिएका छन्। पक्राउ पर्नेमा बाराबाट सर्लाही तर्फ जाँदै गरेको बा.प्र. ०१-०३३ च ५७०९ नम्बरको पिकअपको चालक बारा कोल्वी नगरपालिका २ बस्ने बर्ष २२ को अर्जुन माझी , विआर ०७ पीसी ०४२६ नम्बरको स्कारपियो चितवन देखी सप्तरी तर्फ जाँदै गरेको चालक सप्तरी बोढेबर्साहीन नगरपालिका १ बस्ने २९ को राधे स्याम यादव, र ना. ४ च ८७०५ नम्बरको बलेरो सिमरा देखी बर्दिबास तर्फ जाँदै गरेको चालक बारा सिमरा उपमहानगरपालिका ४ औराहा बस्ने बर्ष २८ को संजय मेस्तर रहेको इन्स्पेक्टर मगरले बताएका छन्।
उनीहरूमाथि आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा प्रक्रिया अघि बढाइएको छ।
लागूपदार्थ तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई नियन्त्रणमा लिन जिल्ला ट्राफिक प्रहरी कार्यालय र नेपाल प्रहरीले विशेष आकस्मिक चेकजाँच अभियान सञ्चालन गर्दै आएका छन्।
प्रहरीका अनुसार लापसे परीक्षणमा पोजिटिभ देखिएका चालकलाई तत्काल सवारी चलाउन रोक लगाइ नियन्त्रणमा लिइएको छ।
ट्राफिक प्रमुख इन्स्पेक्टर मगरले चालकसँग वैकल्पिक चालक नभएसम्म सम्बन्धित सवारी साधन प्रहरीको नियन्त्रणमै राखिने बताएका छन्।
इन्स्पेक्टर मगरका अनुसार ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा जरिवाना गरिनुका साथै सेवन गरिएको लागूपदार्थको प्रकृति र अवस्थाका आधारमा थप कानुनी कारबाही समेत अघि बढाइनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण