कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
काठमाडौँ । काठमाडौँको कोटेश्वरबाट प्रहरीले १० जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । पूर्व जाने गाडीमा सिट मिलाइदिने भन्दै यात्रु तानातान गरेर हैरानी दिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषा घर भएका ४० वर्षीय सूर्यबहादुर देवकोटा, दोलखा घर भएका ३२ वर्षीय प्रकाश सिवाकोटी, २६ वर्षीय खड्कबहादुर तामाङ, भक्तपुरका ५५ वर्षीय हरिभजन थापा, ३८ वर्षीय डिल्लीप्रसाद लामिछाने, सिन्धुपाल्चोकका २८ वर्षीय सुरेश तामाङ, सिन्धुलीका २७ वर्षीय तिलक कुमार थापा, डोरकुमार श्रेष्ठ, ओखलढुङ्गाका ४५ वर्षीय नन्दलाल बुढाथोकी र सिन्धुपाल्चोकका ३६ वर्षीय राजेश सापकोटा छन् ।
कोटेश्वरबाट जनकपुर र महोत्तरी लगायतका स्थानमा जाने ईभी माइक्रो र सुमोमा उनीहरूले कमिसन लिएर यात्रु चढाउने र यात्रुलाई हैरानी दिने गरेको आरोप छ । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण