मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

मालवाहक ट्रकबाट १ लाख २० हजार प्रतिबन्धित औषधि ट्रामाडोल बरामद

मङ्गलबार, ०९ असार २०८३, ०८ : ४५
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • पर्साको वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको मालवाहक ट्रकबाट प्रतिबन्धित औषधि ट्रामाडोल बरामद गरिएको छ ।
  • प्रहरीले राजस्व छलीको आशङ्कामा नियन्त्रणमा लिएको ट्रकको जाँच गर्दा १ लाख २० हजार ६२० क्याप्सुल ट्रामाडोल फेला परेको हो ।
  • घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

काठमाडौँ । पर्सा स्थित वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको मालवाहक ट्रकबाट प्रतिबन्धित औषधि ट्रामाडोल बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले असार ८ गते साँझ करिब ७ बजे राजस्व छलीको आशङ्कामा बा.प्र. ०३-००१ ख ३३४६ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको थियो ।

ट्रकको जाँचका क्रममा ट्रामाडोल १ लाख २० हजार ६२० क्याप्सुल फेला पारी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप