मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग

सोमबार, ०८ असार २०८३, २३ : ००
सोमबार, ०८ असार २०८३

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सञ्चालित संस्थागत (निजी) विद्यालय सञ्चालकहरु थप कक्षा सञ्चालनका लागि अनुमति दिन माग गर्दै आन्दोलित बनेका छन् ।  

निजी विद्यालय सञ्चालकहरूले असार ५ गते गाउँपालिकामा ज्ञापनपत्र बुझाउँदै ४८ घण्टाभित्र थप कक्षा सञ्चालनको अनुमति दिन माग गरेका थिए ।

 माग पूरा नभए गाउँपालिकाविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका उनीहरूले विद्यालयका शिक्षक र निर्दोष बालबालिकाहरूलाई सडकमा उतारेर नगर परिक्रमा गराएको सो गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । जवकि बालबालिकालाई आन्दोलनमा प्रयोग गर्नु गैरकानुनी मानिन्छ । 

WhatsApp Image 2026-06-22 at 22.35.36
निजी विद्यालय सञ्चालकहरुको मागलाई सम्बोधन गर्नेगरी गाउँपालिकाले शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सन्तोष कुमार रायको संयोजकत्वमा शिक्षा विकास तथा समन्वय एकाइ र शिक्षक महासंघका प्रतिनिधिहरू सदस्य रहेको एक समिति बनाइसकेको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।  तर पनि यो बिचमा समेत बालबालिका र शिक्षकहरुलाई समेत प्रयोग गरेर गाउँपालिकामा असहज स्थिति पैदा गराउने कार्य भइरहेको गाउँपालिकाको भनाइ छ । 

WhatsApp Image 2026-06-22 at 22.36.20

गाउँपालिका अध्यक्ष चौधरीले आन्दोलनमा उत्रिएका प्राय: निजी विद्यालयको भौतिक संरचना 'संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९' अनुसार नभएको अनुगमनको क्रममा पाइएको बताए । 'धेरैजसो विद्यालयको भवनको नक्सा पास छैन, सार्वजनिक विद्यालयदेखि हुनुपर्ने दुरीको पालना गरिएको छैन र अन्य प्राविधिक मापदण्डहरू पनि शून्य छन्,' उनले भने । यही कारण अनुमति दिन ढिलाइ भएको उनको भनाइ छ । तर राजनीतिक आवरणमा विद्यार्थीहरुसमेत प्रयोग गरेर आफूहरुलाई अनावश्यक दबाब दिन खोजिएको गाउँपालिकाको भनाइ छ । 

WhatsApp Image 2026-06-22 at 22.34.37

उसो त उक्त गाउँपालिकाका सञ्चालित केही संस्थागत विद्यालय गैरकानुनी रुपमा सञ्चालित रहेको भन्दै यसअघि अख्तियारमा उजुरी समेत परेको थियो । उक्त उजुरीमाथि अहिले पनि अख्तियारको इटहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप