मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

मङ्गलबार, ०९ असार २०८३, ०९ : २५
मङ्गलबार, ०९ असार २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ पुष्पा चौधरी थारुले पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्।

 पार्टी स्थापनाकालदेखि नै सङ्गठन निर्माण र विस्तारमा निरन्तर सक्रिय रहँदै आएकी थारुले चितवन महाधिवेशनमा आफ्नो उम्मेदवारी केन्द्रीय सदस्यमा रहने जानकारी गराएकी हुन् । 

नेतृ थारुले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने, महिला नेतृत्व र सहभागितालाई व्यापक रूपमा विस्तार गर्ने तथा रास्वपालाई अझ बढी जनमुखी, उत्तरदायी र प्रभावकारी बनाउने दृढ प्रतिबद्धता व्यक्त गरेकी छिन्।

पार्टीको जगलाई तल्लो तहसम्म मजबुत बनाउँदै सङ्गठन विस्तारमा निरन्तर योगदान दिने बताउँदै चौधरीले पार्टीका हरेक तह र तप्कामा महिला तथा सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता र नेतृत्व स्थापित प्रतिबद्धता व्यक्त गरेकी छिन् । 

रास्वपाले अङ्गीकार गरेको आन्तरिक लोकतन्त्रको जगलाई थप पारदर्शी, बलियो बनाउने, जनमुखी एवं उत्तरदायी राजनीति संस्कार अभिवृद्धि गर्दै पार्टीलाई जनताका वास्तविक समस्यासँग जोड्दै असल राजनीतिक संस्कारको विकासमा क्रियाशील रहने उनले प्रतिबद्ध्ता जनाइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप