बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

मुन्योसको गोलमा कङ्गोविरुद्ध कोलम्बियाको अग्रता

बुधबार, १० असार २०८३, ०९ : २६
बुधबार, १० असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कोलम्बियाले कङ्गो लोकतान्त्रिक गणराज्यविरुद्ध १-० को अग्रता लिएको छ।
  • मेक्सिकोको एस्तादियो ग्वाडालाहारामा भइरहेको खेलको ७६औँ मिनेटमा ड्यानियल मुन्योसले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका हुन्।
  • पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमै रहेको थियो।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले कङ्गो लोकतान्त्रिक गणराज्यविरुद्ध १–० को अग्रता लिएको छ।

मेक्सिकोको एस्तादियो ग्वाडालाहारामा भइरहेको खेलको ७६औँ मिनेटमा ड्यानियल मुन्योसले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका हुन्।

tag_reuters.com,2026_newsml_UP1EM6O0A7DB9_1313402878_768x432

पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमै रहेको थियो। दोस्रो हाफमा पनि कङ्गो लोकतान्त्रिक गणराज्यले केही राम्रो अवसर बनाएको थियो। योआने विस्सा र चार्ल्स पिकेलले गोल गर्ने अवसर पाए पनि सफल हुन सकेनन्।

त्यसपछि कोलम्बियाले दबाब बढाउँदै अन्ततः गोल निकाल्न सफल भयो। गोलपछि कोलम्बिया खेल नियन्त्रणमा राख्ने प्रयासमा छ भने कङ्गो लोकतान्त्रिक गणराज्य बराबरी गोलका लागि अन्तिम समयमा आक्रमण बढाउने तयारीमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप