बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
फोटोफिचर

विकल्प नदिइ सडक पेटीबाट हटाइएको भन्दै द‍ृष्टिविहीनहरूको विराेध प्रदर्शन (तस्बिरहरू)

बुधबार, १० असार २०८३, ११ : ३४
बुधबार, १० असार २०८३

सारांश

  • सडकपेटीमा आश्रित दृष्टिविहीनहरूलाई विकल्प नदिई बलपूर्वक हटाएको भन्दै काठमाडौँ महानगरपालिका र सरकारविरुद्ध उनीहरू आन्दोलित भएका छन् ।
  • केही दिनयता राजधानीको माइतीघरमा दृष्टिविहीनहरूले विरोध प्रदर्शन गर्दै आएका छन् ।
  • नगर प्रहरीले दमन र धरपकड गरेपछि जीविकोपार्जन गर्न समेत नपाएको उनीहरूको आरोप छ ।

काठमाडौँ । सडक पेटीमा आश्रित दृष्टिविहीनहरूलाई बलपूर्वक हटाउने र जबर्जस्ती धरपकड गर्ने कार्य बढेपछि उनीहरू काठमाडौँ महानगरपालिका र सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन् । केही दिनयता राजधानीको माइतीघरमा उनीहरूले विरोध प्रदर्शन गर्दै आएका हुन् । 

‘घाम, पानी, धुलो, धुवाँ सहनु हाम्रो रहर होइन, बाध्यता हो, विकल्प नदिई सडक पेटी छोड्दैनौँ’ उनीहरूले भनेका छन् । सडक पेटी, मठमन्दिर र चोकहरूमा बसेर जीविकोपार्जन गर्न समेत नदिई नगर प्रहरीले दमन र धरपकड गरेपछि आन्दोलन सुरु गर्न बाध्य हुनु परेको उनीहरुकाे आराेप छ ।  तस्बिर : फोटो लाइब्रेरी 

हेर्नुहोस् तस्बिरहरू :

dristibihin-pradarsan (1)dristibihin-pradarsan (2)dristibihin-pradarsan (3)dristibihin-pradarsan (4)dristibihin-pradarsan (5)dristibihin-pradarsan (6)dristibihin-pradarsan (7)dristibihin-pradarsan (8)dristibihin-pradarsan (9)dristibihin-pradarsan (10)dristibihin-pradarsan (11)dristibihin-pradarsan (12)dristibihin-pradarsan (13)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप