विजय मल्लको उपन्यास ‘अनुराधा’माथि फिल्म बनाउँदै उदय
सारांश
- साहित्यकार विजय मल्लको उपन्यास ‘अनुराधा’माथि फिल्म बन्ने भएको छ ।
- उपन्यासमा पितृसत्तात्मक मान्यताभित्र नारीले झेल्नुपर्ने उत्पीडन र अनुराधाको विद्रोह समेटिएको छ ।
- पी.आर. सिनेमा प्रालीको ब्यानरमा बन्ने फिल्मको निर्देशक र कलाकार छनोट हुन बाँकी छ, जसको बजेट १ करोड ३५ लाख बताइएको छ ।
काठमाडौँ । साहित्यकार विजय मल्लको उपन्यास ‘अनुराधा’ माथि फिल्म बन्ने भएको छ । निर्माता, वितरक तथा प्रदर्शक प्रदीप कुमार उदयले यस कृतिमाथि फिल्म बनाउन लागेका हुन् ।
उपन्यासमा पितृसत्तात्मक मूल्य–मान्यताभित्र नारीले झेल्नुपर्ने उत्पीडनका बिच अनुराधाले गर्ने विद्रोह समेटिएको छ । फिल्मले पनि सामाजिक, राजनीतिक, सांस्कृतिक, मनोरञ्जनात्मक, शैक्षिक तथा सन्देशमूलक कथा पस्किनेछ ।
उपन्यास ‘अनुराधा’माथि फिल्म निर्माणका लागि उदयले चलचित्र विकास बोर्डबाट इजाजत लिइसकेका छन् । फिल्मको लेखक विजय मल्ल नै रहेका छन् ।
पी.आर. सिनेमा प्रालीको ब्यानरमा निर्माण हुने फिल्मको निर्देशक र कलाकार छनौट हुन बाँकी छ । फिल्मको बजेट १ करोड ३५ लाख बताइएको छ । फिल्मको विषयमा विस्तृत जानकारी केही समयपछि सार्वजनिक गरिन निर्माण संस्था पी.आर.सिनेमा प्रालीले जनाएको छ ।
निर्माता उदयले यसअघि चेलिबेटी, अल्पबिराम, कहीँ मिलन कहीँ बिछोड, पहिलो पहिलो माया, मालतीको भट्टी, हाम्रो माया जुनी जुनीलाई, अधकट्टी, मञ्जरी, नमस्ते नेपाल, संरक्षण, शुभ लभ र लाखे आजु (नेवारी तथा नेपाली) निर्माण गरिसकेका छन् । फिल्म ‘लाखे आजु’ भने प्रदर्शनमा आउन बाँकी रहेको छ ।
उदय चलचित्र संघका पुर्व अध्यक्ष समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेटाले सार्वजनिक गर्यो सस्तो मूल्यकाे एआई स्मार्ट चस्मा
-
न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशको प्रयासले मात्रै सम्भव हुँदैन : न्यायाधीश फुयाँल
-
महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
-
मौद्रिक नीतिबारे उद्योग परिसंघले दियो राष्ट्र बैंकलाई सुझाव
-
पुल बनेपछि आवतजावत सहज
-
तार भूमिगत गर्ने विद्युत् प्राधिकरणको योजना : ३ महिनाभित्र पूरा गर्ने लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण